बागलुङ/मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत गलकोटको भालुपाईलेमा सडक भाँसिदा सवारी आवागमनमा असहज भएको छ । शुक्रबार बिहान गलकोट नगरपालिका वडा नं. ९ को भालुपाइलेमा सडक भाँसिदा सवारी साधनहरु रोकिएका थिए ।
प्रहरी चौकी हटियाको टोलीले बाटो सामान्य मर्मत गरेपछि एकतर्फी रुपमा ठुला–साना सवारी एकतर्फी रुपमा संचालन भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । बाटोलाई तत्काल मर्मत नगरे निरन्तरको वर्षाले बाटोमा क्षति पुर्याउने र बागलुङको गलकोटसंगै पुर्वी रुकुम संगको सम्पर्क टुट्ने उनको भनाई छ ।





