पोखरा/ कास्की प्रहरीले साउन महिनाभरी अदालतद्वारा विभिन्न मुद्धामा कैद तथा जरीवाना तोकिएपछि फरार २७ प्रतिवादाीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाटसमेत खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।
पक्राउ पर्नेमा २७ पुरुष र ५ महिना छन । उनीहरुलाई फैसला कार्यान्वयनको लागि अदालतमा बुझाइएका उनीहरुबाट ४ वर्ष ९ महिना २ दिन कैद सजाय र २ लाख १० हजार ८ सय २५ रुपैयाँ जरीवाना असुल गर्न बाँकी रहेको छ । प्रहरीका अनुसार चेक अनादार मुद्दामा १३ जना, लागू औषध मुद्दामा ५ जना, चोरी सम्बन्धी मुद्दामा ३ जना, केही सार्वजनिक अपराध, आगो लगाएको र लेनदेन बिगो सम्बन्धी मुद्दामा २/२ जना पक्राउ परेका हुन ।





