बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सीप परिक्षण उत्तिर्ण पश्चात सही सदुपयोगको खाँचोः मन्त्री थापा

सीप परिक्षण उत्तिर्ण पश्चात सही सदुपयोगको खाँचोः मन्त्री थापा


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०८१, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले सीप परिक्षण उत्तिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा नै आयोजना गरिएको सीप परिक्षण उत्तिर्ण परीक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् । उनले प्राप्त प्रमाणपत्रलाई घरमा थन्याएर मात्र राख्न नहुने उल्लेख गरे ।

‘सीप परिक्षण उत्तिर्ण गरेपछि प्राप्त सर्टिफिकेट घरमा राख्नु उचित होइन । आफुले सिकेको सीप अनुसार समाजमा रही सेवा प्रवाह गर्न आवश्यक छ।’, उनले भने । मन्त्री थापाले काम सानो नहुने र सीपसँगै प्राप्त भएको सर्टिफिकेटको महत्व ठूलो भएको उल्लेख गरे । उनले नागरिकलाई दक्ष बनाउन प्रदेश सरकारले समयानुसार सीपममुलक कार्यक्रमलाई अगाडि बढाउँदै आएको बताए । नागरिकले चाहेनुसारको रोजगार उपलब्ध गराउन र स्वरोजगारमुखी वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध भएको भनाई उनको छ ।

मन्त्रालयको उपसचिव तोयानाथ लम्सालले सीपमुुलक कार्यक्रमका लागि स्थानीय तहले ६० लाख, संघीय सशर्तबाट २५ लाख, प्रदेशबाट १६ लाख विनियोजन भएको जानकारी गराए । सिटीईभिटी गण्डकी प्रदेशका निर्देशक कल्प बस्नेतले परीक्षार्थीले प्राप्त गरेको सर्टिफिकेटको उपयोग सही हुने विश्वास लिएका छन् । कार्यक्रममा ६८ जना परीक्षार्थीलाई प्रमाण पत्र उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->