मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङ नगर खानेपानीका प्रबन्धक बर्खास्त

बागलुङ नगर खानेपानीका प्रबन्धक बर्खास्त


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०८१, शुक्रबार

बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रबन्धक हिमाल शर्मालाई बर्खास्त गरेको छ । संस्थाले कार्यसमितिले पटक पटक स्पष्टीकरण सोधेका बेला जवाफ नदिएको, उपभोक्ताको हितमा काम नगरेको, सवारी साधनको दुरुपयोग गरेको लगायतका कारण देखाउँदै शर्मालाई बर्खास्त गरेको हो ।
संस्थाको साउन ३२ गते बसेको बैठकले संस्थाको कर्मचारी सेवा सर्त विनियमावली २०६४ मा भएको व्यवस्था बमोजिम शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष केबी राना मगरले राजीनामा दिएपछि बिबादमा रहेको संस्थाका उपाध्यक्ष हरिबहादुर जिसी सन्तोषको अध्यक्षतामा बसेको बैठकले बर्खास्तीको निर्णय गरेको जनाएको छ ।
जिसीले शुक्रबारनै शर्मालाई पत्राचार गर्दै बर्खास्तीको सूचना दिएका थिए । विभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व गर्दै निर्वाचित भएका पदाधिकारीमध्ये शुक्रबारको बैठकमा एमाले निकट सदस्यहरुलाई खबरनै नगरी बहुमतको आधारमा निर्णय भएको थियो । शर्माले बर्खास्ती गैर कानूनी रहेको प्रतिक्रिया दिएका छन् । पदाधिकारीले लिएको पेश्की फछ्र्यौट विधिसंगत गर्नुपर्ने माग राख्दा आफुलाई बर्खास्त गरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->