मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

अब घरबासको डिजिटल प्रचार

अब घरबासको डिजिटल प्रचार


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०८१, आइतबार

बागलुङ/वर्षौं भयो, पर्यटकीय गाउँ भकुण्डेमा घरबास सञ्चालनमा आएको । अतिथी सत्कार घरबासले लामो समयदेखि पाहुनाका लागि रैथाने भोजन पस्किरहेको छ ।
बागलुङ बजारबाट नजिकै भएकाले अतिथी सत्कारलाई पाहुना नआउलान भन्ने छैन् । भुगोलका हिसाबले उच्च पहाडी, हिमऋङ्खलाको लावालस्कर देखिने, जनजातीका आफ्नै पहिचान । प्राकृतिक र सांस्कृतिक हिसाबले भरिपूर्ण भकुण्डेलाई घरबास सुहाएको छ ।

घरबास सञ्चालन ताका विभिन्न सामाजिक संघसंस्थाले भकुण्डेलाई पर्यटकीय गाउँ भने । कसैले आफ्ना कार्यक्रम भकुण्डे पुगेर सञ्चालन गरे । कसैले कामबाट बिश्राम लिएका बेला पुग्ने गन्तव्यको रुपमा भकुण्डेलाई रोजे । त्यहीं प्रचारकै जगमा चलिरहेको छ घरबास ।

भकुण्डेमा घरबास चलेको देखेपछि जिल्लाघर २८ वटा सामुदायीक घरबास खुले । तर, कोही टिकेनन् । अधिकांश घरबास घोषणा गरेरै बन्द भए । कतिपय घरबास छन् भन्छन् तर, पाहुना त्यहाँ पुग्दैनन् । अतिथी सत्कार अनवरत खटीरहेको छ ।

विज्ञान प्रबिधिको युगमा पनि अतिथी सत्कार आफ्नै बलबुता र पौराणिक शैलीबाटै चलेको छ । काठमाण्डौं, पोखराजस्ता ठुला सहरका तारे होटलले सञ्चार माध्याम र सामाजिक सञ्जालमा जबरजस्त गरेको विज्ञापनभन्दा अतिथी सत्कारले पस्केको मौलिकताले प्रचार भैरहेको छ । सधैं पुरानै शैलीले नचल्न सक्छ भन्ने विषय भने सञ्चालकले बुझेका छन् ।

डिजिटल दुनियाँमा मौलिकता पस्किन अब घरबासले डिजिटल अभ्यास गर्ने भएको छ । घरबासमा आउने पाहुनालाई मौलिकता डिजिटल माध्यामबाट देखाउने, पाहुनालाई पुग्ने बनाउने, खाना, बास, प्रकृति संस्कृति अब यहाँका घरबास सञ्चालक आमाहरुले कैंद गर्नेछन् । स्मार्ट फोन र सामाजिक सञ्जालको सहयतामा प्रचार सामग्री तयार गर्न यहाँका आमाहरुले सिकेका छन् । ‘स्वागत, बिदाई, सत्कार गर्दाका भिडियो पनि काम लाग्दा रहेछन्, आँफैले खिच्न सकिँदो रहेछ’ घरबास सञ्चालक समितिकी उपाध्यक्ष इन्द्रा थापाले भनिन्, ‘पकाउँदा, खुवाउँदाका सबै काम सामाजिक सञ्जालबाट बेच्न मिल्दो रहेछ ।’

महिला उद्योमी महासंघ र स्टाण्डर चार्टर बैंकले उनीहरुलाई होमस्टे व्यवसाय तथा डिजिटल साक्षरता लिने अवसर दियो । दश दिन लामो सिकाईले अब घरबासलाई डिजिटल माध्यामबाट प्रचार गरेर व्यवसायीक बनाउने सोचमा रहेको थापा बताउँछिन् । घरबास सञ्चालकले दिनुपर्ने सेवा, देशी विदेशी पर्यटकका स्वभाव तथा उनीहरुले खोज्ने स्थानीयताका बिषयमा बुझेका छन् । अब सोही अनुसारको व्यवहार गर्ने थापा बताउँछिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->