पोखरा/ नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन पोखरा पाँचौ इकाई अधिबेशनले निरोज खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा शनिबार सम्पन्न अधिबेशनले सर्बसम्मत् रुपमा कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा शेषकान्त ढुंगाना, सचिब हिमाल पौडेल, सहसचिब राजनबाबू ढुंगाना र कोषाध्यक्षमा बिनायक श्रेष्ठ, सहकोषाध्यक्षमा उत्तम सुवेदी चयन भएका छन् । यस्तै सदस्यहरुमा महेश सुवेदी, दिपेश शाही, टिकाराम कार्की, रोहनराज श्रेष्ठ, रेशम बिष्ट चयन भए ।
यसैबीच अधिबेशन लगत्तै कार्यसमितिको पहिलो बैठकले पूर्व अध्यक्षहरु प्रमोद ढकाल र दशरथ पाण्डेलाई संगठनको सल्लाहकारमा नियुक्त गरेको छ । साथै सदीक्षा अर्याललाई कार्यसमिति सदस्यमा अध्यक्षले चयन गरे । अध्यक्ष खतिवडाले ससक्त रुपमा औषधि बिक्री बितरण, प्रबर्द्धन सम्बन्धि समस्याहरुको समाधानको निम्ति लाग्ने बताए ।





