बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रकृति मानव केन्द्रित जनअभियानको गण्डकी अध्यक्षमा तिलकप्रसाद

प्रकृति मानव केन्द्रित जनअभियानको गण्डकी अध्यक्षमा तिलकप्रसाद


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०८१, आइतबार

पोखरा/ प्रकृति मानव केन्द्रित जनअभियान नेपालको गण्डकी प्रदेश अध्यक्षमा कास्कीका तिलकप्रसाद पुन पुर्जा चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न जनअभियानको प्रथम गण्डकीस्तरीय भेलाले तिलकको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पर्वतका विष्णु लामिछाने, सचिवमा पर्वतका आरके अदिप्त गिरी, कोषाध्यक्षमा स्याङ्जाका मनरुपा थापा चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा नवलपुरका लोकप्रसाद भुर्तेल र विदुर खरेल, म्याग्दीका श्याम राना र राजेन्द्र राना, कास्कीका शिवबहादुर बराल, पद्मकिरण राना, बलराम सिग्देल, ममता गुरुङ र ठाकुर गिरी छन् । तनहुँका अनुप प्रकाश पौडेल, पर्वतका भवराज शर्मा, लमजुङका कमला श्रेष्ठ र स्याङ्जाका कृष्णप्रसाद बस्याल पनि सदस्यमा चयन भएको संस्थाले जनाएको छ ।

संस्थाका केन्द्रीय पूर्वअध्यक्ष सन्तबहादुर घिसिङको अध्यक्षतामा प्रदेशस्तरीय भेला तथा समिति चयन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका पूर्वकेन्द्रिय अध्यक्ष उत्तम कँडेल, पूर्वमहासचिव शिवराज आचार्य, केन्द्रीय उपाध्यक्ष बिन्दुराज सापकोटा, पूर्व केन्द्रीय सचिव सारदा केसी लगायतले अभियानको औचित्य बारे प्रकाश पारेका थिए । कार्यक्रमको संचालन तिलक पुनले गरेका थिए । सन् २००२ देखि शुरु भएको अभियान हाल नेपालका ५० जिल्लाहरुमा विस्तार भएको बताइएको छ । जलवायु, जंगल अनि कृषिमा देखिएको संकटका कारण यतिबेला यो अभियानको सार्थकता थप बढ्दै गएको बताइन्छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->