बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कुहिएको २१९ केजी माछा र १५ केजी मासुु नष्ट

कुहिएको २१९ केजी माछा र १५ केजी मासुु नष्ट


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०८१, आइतबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 128;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 37;

पोखरा /पोखरा महानगरपालिकाले आइतबारदेखि बजार अनुगमन सुरु गरेको छ । बजारमा मुल्यबृद्धि, मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुजन्य तथा खाध्य सामाग्री बिक्री वितरण भैरहेको जनगुुनासो आएपछि अनुुगमन सुरु गरिएको महानगरले जनाएको छ । गुनासो आएपछि पहिलो चरणमा माछा र मासुमा अनुगमन सुरु गरिएको हो ।

महानगरका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुुरुङको नेतृत्वमा पोखराको श्री कम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासु पसलमा अनुुगमन गरेको हो । अनुगमनका क्रममा कुहिएको २१९ केजी माछा र खसिको मासु १५ केजी गरी २३४ केजी जफत र उनीहरुलाई जरिवाना गरिएको छ । जफत गरिएको माछा र मासु भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको जैविक डिस्पोजल पीटमा डिस्पोज गरिएको पोखरा महानगर बजार अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए । अनुगमनका क्रममा कुहिएको माछा फेला परेपछि उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित गराई जरिवाना गरिएको छ । १७ वटा मध्य १० वटा माछा पसललाई ५० हजारदेखि १५ हजारसम्म गरिवाना गरिएको छ । जरिवानाबाट २ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।

अनुगमनका क्रममा पोखरा महानगरपालिका वडा नम्वर ९ बसपार्कमा संचालन रहेको लाचन फिस सप्लायर्सबाट १ सय केजी, सोही ठाउँको राजु फिस हाउसबाट ८० केजी कुहिएको माछा जफत गरी दुवैलाई ५०/५० हजार जरिवाना गरिएको छ । त्यस्तै पोखरा ८ सृजनाचोकमा रहेको सद्धाम फ्रेस हाउसबाट खान अयोग्य ८ केजी माछा र खसिको मासु, जस्मिन फ्रेस हाउसबाट ७ केजी खसिको मासु जफत गरिएको थियो भने दुवै पसललाई ३०/३० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै अनुुगमन टोलीले पोखरा ८ श्री कम्प्लेक्समा संचालनमा रहेको न्यू रमेश फिस हाउसबाट १३ किलो ३ सय ग्राम सडेको माछा भेटिएको र उक्त माछा जफत गरी २० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै न्यु सुमन फिस हाउस, सुरज फिस हाउस, नमुना मत्स्य बिक्री केन्द्र लगायत ५ वटा पसललाई १५ हजारका दरले जरिवाना गरिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । अनुगमनमा पसल नविकरण नभएको, सरफाइ नभएको, सिसा, जाली नलगाई बाहिर बेच्ने गरेको, डि फ्रिज नभएको, माछा पसल संचालनका लागि तालिम नलिएको, फोहोर पानीको प्रयोग गरेको, पसल दुर्गन्धित देखिएकाले जरिवाना गरिएको र आइन्दा यस्तो भेटिएमा पसल बन्द गराउने चेतावनी सहित छाडिएको छ ।

माछा तथा मासु बिक्री गर्ने अन्य ७ वटा पसललाई मूल्यसुचि राख्न, पसल सरसफाई गर्न, पसल दर्ता गरी मापदण्ड अनुसार संचालन गर्न सुझाव दिदै पून दोश्रो पटक पनि अटेर कारबाही गर्ने सर्तमा छोडिएको छ । पोखरा महानगरपालिकामा गुुनासो र नेपालीहरुका चाडपर्वहरु पनि सुरुवात भएकाले बजार अनुगमन सुरुवात गरिएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् । विगतमा भएका अनुगमनले बजारमा केही सुधार देखिएको भएपनि सोचेजस्तो नदेखिएको बताउदै अव नियमित अनुगमन गरिने उनले बताइन् । उपप्रमुख गुरुङले अनुगमनका क्रममा दिइएको सुझावलाई कार्यान्वयन नगर्ने र फेरी गलत भेटिएमा जरिवानासहित अन्य कानुनी कारबाही गरीने बताइन् । उनले उपभोक्ताहरु स्वयम सचेत बन्नुपर्ने र महानगरले सचेतनामुलक कार्यक्रम गर्ने बताइन् ।चाडपर्वमा मात्रै अनुगमन गर्ने भन्ने आरोप लाग्ने गरेकाले यस वर्ष अगाडीनै अनुगमन थालिएको उपप्रमुख गुरुङको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भिष्मराज अर्यालले माछा पसल दर्दनाक देखिएको बताए । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने देखिएको र उपभोक्ता हकहित संरक्षण ऐन अनुसार कारबाही गरिएको बताए । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा (घ) को कसुरमा दफा ३९ बमोजिम कारबाही गरिएको छ । अनुगमनमा उपप्रमुख गुरुङ, वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भिष्मराज अर्याल, महानगर आर्थिक विकास महाशाखा प्रमुुख मनहर कडरिया, भेटेनरी हस्पिटल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डे, पोखरा महानगरपालिका बजार अनुगमन समितिका सदस्यसचिव अनिल कार्की, पशु चिकित्सक डा अनन्त कोइराला, महानगर पशुसेवा शाखा प्रमुख आशिष विक, पशु शाखा अधिकृत नवराज अधिकारी, कास्की जिल्ला उपभोक्ता हकहित संरक्षण समितिका अध्यक्ष राजेन्द्र लिगल, उपभोक्ता हकहित संरक्षण समितिका सचिव कमल पौडेल, खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरिक्षक सविना सुनार, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा, सहकारी शाखा कर्मचारी राजु सुवेदीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->