बागलुङ/सशष्त्र प्रहरीबल नेपाल, आश्रित गुल्म बागलुङको ५ औं स्थापना दिवश आइतकार सम्पन्न भएको छ । सशष्त्र प्रहरी नायव महानिरीक्षक कुलबहादुर नेम्वाङले मुल वार्षिकोत्सवको मुल समारोह उद्घाटन गरेका थिए ।
साताव्यापी कार्यक्रमसहित मनाइएको कार्यक्रममा नेम्वाङले बिपत व्यवस्थापन, शान्ति सुरक्षा र सीमा सुरक्षामा सशष्त्रले राज्यलाई योगदान गरेको बताए । उनले व्यक्तिगत स्वार्थबाट माथी उठेर देश र सामाजिक स्वार्थमा काम गरेको बताए । सरकारले ७७ जिल्लामा सशष्त्र प्रहरीको युनिट राख्ने निर्णय अनुसार बागलुङमा पनि २०७६ सालमा स्थापना भएको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सशष्त्र प्रहरीले शान्ति सुरक्षा र सीमा सुरक्षामा खेलेको भूमिकाको चर्चा गरेका थिए । बागलुङ नगरपालिकाले आफ्नै भवन दिएर सशष्त्रलाई राखेको छ । गत माघदेखि सशष्त्र प्रहरीको आश्रित गुल्म रात्माटामा बसेको छ ।
सशष्त्र प्रहरी बल आश्रित गुल्मका गुल्मपति दिलबहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षा निकायको सहभागिता थियो । वार्षिकोत्सवमा आयोजित विभिन्न खेल तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुनेलाई नेम्वाङ सहितका अतिथिले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।





