पोखरा/ क्लब क्याटवाकले निशुल्क आँखा परीक्षण शिविर, रक्तदान लगायत कार्यक्रम गरि आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै सञ्चालनको दोस्रो वर्ष पुरा गरेको अवसरमा निशुल्क शिविर तथा रक्तदानसमेतका कार्यक्रम गरेको हो ।
पोखरा ६ लेकसाइडमा गरिएको निशुल्क आँखा परिक्षणबाट १ सय २१ जनाले स्वास्थ्य लाभ लिएका र रक्तदान कार्यक्रमबाट ६९ युनिट रगत संकलन भएको क्लब क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए । क्लबले यस अघिपनि विद्याश्रममा खाद्यान्न वितरण, सरकारी विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोसाक, झोला तथा स्टेशनरी वितरण, भुकम्पपीडितलाई आर्थिक सहयोगलगायत कामहरु गरिरहेको क्लबका अर्का सञ्चालक अमृत पहारीले बताए । क्लबले दोस्रो वार्षिकोत्सवकै अवसरमा कन्दरा ब्याण्डको विशेष सांगितिक कार्यक्रम गरेको र त्यसमा ब्याण्डका गायक विवेक श्रेष्ठले विभिन्न गीत गाएका थिए ।





