बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वस्तु तथा सेवाप्रति उजुरी र गुनासोका लागि कास्की प्रशासनमा क्यूआर कोडसहितको अनलाइन प्रणाली

वस्तु तथा सेवाप्रति उजुरी र गुनासोका लागि कास्की प्रशासनमा क्यूआर कोडसहितको अनलाइन प्रणाली

उपभाेक्ता अधिकार संरक्षणमा कास्की प्रशासनकाे काम नेपालमै  पहिलो 


  • लालप्रसाद शर्मा
  • भाद्र ४ २०८१, मंगलबार
oplus_2

पोखरा/ बजारमा सामान किन्दा म्याद गुज्रिएको वा कम तौलको पाउनु भयो । ट्याक्सीले बढी भाडा लिएर ठग्न खोज्यो की । अनि कुनै पनि सरकारी कार्यालयबाट हुने सेवा प्रवाहमा ढिलासुस्ती पो भयो की । आफु ठगिएपछि उजुरी गर्न कहाँ जाने भन्ने अन्यौल पनि होला । अव भने अन्यौलमा नपर्नु होला । किनकी जिल्ला प्रशासन कार्यालय कास्कीले कुनै पनि बस्तु र सेवामा हुने लापारवाही अर्थात् उपभाेक्ता हित विपरीत हुने कुनै पनि क्रियाकलापबिरुद्ध तत्कालै उजुरी दिन सकिने व्यवस्था मंगलबारदेखि सुरु गरेको छ । नेपालमै पहिलोपटक कास्की प्रशासनले उपभोक्ता अधिकार संरक्षणका लागि उजुरी, गुनासो र सुझावका लागि क्यू आर कोडसहितको अनलाइन प्रणालीको सुरुवात् गरेको हो ।

प्रणालीको सुभारम्भ गर्दै गृहसचिव एकनारायण अर्यालले संविधान र कानुनले उपभोक्ताको अधिकारलाई सुनिश्चित गरेको बताए । उपभोक्ताको अधिकार संरक्षणका लागि कास्की प्रशासनले सुरु गरेको कामप्रति उनले धन्यवाद दिदै अव अन्य जिल्लामा पनि बिस्तार गर्ने जनाए । क्यूआर कोड कार्यान्वयनका लागि सबै पक्षबाट प्रतिवद्धता आउनु पर्ने उनले बताए । यस्ते प्रणालीले कास्कीमा गुणस्तरीय सेवा र बस्तु पाइन्छ भन्ने वातावरण सिर्जना गर्ने दावी गरे । साथै यसको व्यापक प्रचारको आवस्यक रहेको उनले बताए । ‘ठगिइरहेका उपभोक्ताले कसरी यो क्यूआर कोड प्रयोग गर्न सक्छन भन्ने सचेतना फैलाउन आवस्यक छ’ उनले भने, ‘स्थानीय तहले यसको व्यापक प्रचार गर्नुपर्छ ।’

oplus_34

नागरिक वडापत्रमा उल्लेखित कामहरु भए नभएको पनि यो क्यू आर कोडले समेटेको उनले जनाए । साथै क्षतिपूर्तिको व्यवस्था संविधानले गरेको भन्दै उनले बस्तु र सेवा लिदा गुणस्तरहीन भएमा सम्बन्धित पक्षबाट क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिए । क्षतिपूर्तिसहितको क्यूआर कोड आवस्यक भएको उनको भनाइ थियो । क्षतिपूर्तिसहितको उपभोक्ता अधिकारको व्यवस्था गर्न सेवा प्रवाह गर्ने सार्वजनिक निकायलाई उनले निर्देशन प िदिए । मिडियाले पनि क्यू आर कोडको कार्यान्वयन भए नभएको विशेष निगरानी गर्नुपर्ने धारणा उनले राखे । साथै बजार अनुगमनको पाटो अलि जटिल भएकाले कानुन परिमार्जनको चरणमा रहेको उनले जनाए । स्थानीय तहलाई पूर्ण अधिकार दिने विषयमा छलफल भइरहेको उनको भनाई थियो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले आम नागरिकले गरेको गुनासोलाई समयमै सम्बोधन गर्न माग गरिन । साथै यो दीगोपन हुनपर्ने बताइन ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले क्यू आर कोडको पूर्ण कार्यान्वयन गर्न र दीगोरुपमा संचालन गर्ने प्रतिवद्धता जनाए । पर्यटकीय क्षेत्रसमेत भएकाले पर्यटकहरु ठगिएमा पोखरा र कास्कीको साख गिर्ने भन्दै उनले यो नहोस् भन्नका लागि क्यू आर कोड अघि सारिएको बताए । ‘अव उपभोक्तालाई गुनासो राख्न सहज भएको छ भने व्यवसायी तथा सेवा प्रदायकलाई सुध्रने मौका मिलेको छ’ उनले भने, ‘सेवासुविधालाई थप गुणस्तरीय बनाउन मद्धत पुग्ने विश्वास छ ।’ क्यू आर कोड सरल रहेको उनको भनाइ थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पहिलोपटक २०३२ सालमा ऐन आएर उपाभोक्ताको हित र अधिकारको सुरुवात् भएको उल्लेख गरे । संविधानले मौलिक हकको रुपमा राखेको उपभोक्ताको अधिकारको संरक्षणका लागि क्यू आर कोडको व्यवस्था गरिएको उनले बताए । बस्तु तथा सेवा बिस्तार, प्रविधिसहितको व्यवसायिक गतिविधि बढीरहेकाले अहिले सूचना प्रविधिको उपयोग गरी बजार निरीक्षणको एउटा उपाय अपनाइएको उनको भनाइ थियो । बजार निरीक्षणको काम पनि भइरहेको उनले बताए ।  क्यू आर कोड बनाएका कास्की प्रशासनका कम्प्युटर अपरेटर अनिल थापाले सजिलोसंग गुनासो राख्न सकिने बनाइएको बताए । यसले कहाँ गएर गुनासो गर्ने भन्ने समस्याको अन्त्य गरेको र रात्रीकालिन व्यवसायदेखि विभिन्न बस्तु र सेवा प्रवाहका सबै क्षेत्रको गुनासो गर्न मिल्ने उनको भनाइ थियो । जिल्ला प्रशासनको सेवा प्रवाहमा पनि गुनासो राख्ने मिल्ने गरी अर्को क्यूआर कोड बनाइएको उनले बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले प्रशासनले राम्रो कामको सुरुवात गरेकोमा खुशी व्यक्त गरिन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगन्द्र केसीले प्रविधिको प्रयोगबाट नागरीकको गुनासोलाई सम्बोधन गर्नु राम्रो रहेको भन्दै आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले पुण्यको काम भएको प्रतिक्रिया दिए भने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले अव पर्यटक नठगिने र ठगिएमा सहजै गुनासो गर्ने अवसर दिलाएको बताए । पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष नविन बरालले घरबाटै गुनासो गर्न पाउँदा बस्तु वा सेवाको उपभोग गर्ने अधिकार सुनिश्चित हुने विश्वास लिए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले क्यूआर कोड कार्यान्वयनको प्रतिवद्धता जनाउँदै नियतवश उजुरी दिनेमाथि पनि कारवाही हुनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->