मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

गरिमाको कारोबार अब लोकतान्त्रिक चोकबाट

गरिमाको कारोबार अब लोकतान्त्रिक चोकबाट


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०८१, मंगलबार

बागलुङ/२०७१ साल मंसिरमा १६ औं शाखाका रुपमा बागलुङ बजारमा विस्तार भएको गरिमा विकास बैंकको बागलुङ शाखाले लोकतान्त्रिक चोकबाट कारोबार शुरु गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ ट्राफिक चोकबाट कारोबार गरिरहेको बैंकले लोकतान्त्रिक चोकबाट मंगलबारदेखि कारोबार शुरु गरेको बैंकका शाखा प्रमुख नारायण हरि शर्माले जानकारी दिए ।
कार्यालय स्थानान्तरण भएसंगै ग्राहकले अझै सहज र छरितो रुपमा सेवा लिन सक्ने बैंकको विश्वास छ । बैंकले देशभर १ सय २४ शाखाबाट सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->