मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

विधान विपरितका निर्णय कार्यान्वयन नगर्न नगर खानेपानी संस्थालाई जलस्रोत समितिको निर्देशन

विधान विपरितका निर्णय कार्यान्वयन नगर्न नगर खानेपानी संस्थालाई जलस्रोत समितिको निर्देशन


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८१, बुधबार

बागलुङ/जिल्ला जलस्रोत समितिले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विधान विपरित गरेका निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको अध्यक्षतामा बसेको समितिको बैठकले संस्थामा नयाँ कार्यसमिति आएपछि भएका निर्णयहरु बिबादित भएको भन्दै विधानले तोके बमोजिम काम गर्न निर्देशन दिएको हो ।
संस्थाले स्वच्छ र सफा खानेपानी उपलव्ध नगराएको, संस्थाको हिसाबकिताब पारदर्शी नभएको, बक्यौता महशुल उठाउन समितिले चासो नदिएको, नगरविकास कोषसँग लिएको ऋणको साँवा व्याज समयमा तिर्न चासो नदिएको लगायतका विषयमा गुनासो आएको भन्दै समितिले संस्थाले गरेका काम बिधान अनुसार भए नभएको ७ दिनभित्र लेखि पठाउन निर्देशन दिएको छ । नयाँ कार्यसमितिका काम बिबादित भएकाले ७ दिनभित्र सर्वपक्षीय बैठक बसेर समस्याको समाधान गर्न निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
संस्थाको साउन ३२ गते बसेको बैठकले बिभिन्न उपसमिति गठन गर्ने, प्रबन्धकलाई बर्खास्त गर्ने, न्युनतम महशुल बढाउने पूर्व निर्णय कार्यान्वयन नगर्ने लगायतका निर्णय गरेको थियो । समितिका सदस्यहरुलाई खबरै नगरी बहुमतका बलमा महत्वपूर्ण निर्णयहरु गरेको भन्दै बिबाद सिर्जना भएको थियो । संस्थाका निर्वाचित अध्यक्ष के.वि. राना मगरले राजीनामा दिएपछि चुलिएको खानेपानी बिबादमा जलस्रोत समितिले चासो बढाएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->