मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

लामो पुलबाट खसेर छात्रा बेपत्ता

लामो पुलबाट खसेर छात्रा बेपत्ता


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८१, बुधबार

बागलुङ/विद्यालयको छात्राबासबाट भागेर हिँडेकी एक बालिका बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलबाट खसेर बेपत्ता भएकी छन् । बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा रहेको धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा तारा अदै मंगलबार साँझ पुलबाट खसेपछि कालीगण्डकी नदीमा बेपत्ता भएकी हुन् ।
विद्यालयको होस्टेलमा बस्दै आएकी अदै होस्टेल पछिको पर्खालबाट हाम फालेर भागेकी थिइन् । होस्टेलबाट भागेर नजिकैको गण्डकी गोल्डेन वृजमा पुगेर पुलबाट हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कँडेलले जानकारी दिए । उनी कालीगण्डकी नदीमा खसेको स्थानीयले देखेका थिए ।
ढोरपाटनको बोबाङ घर भई बागलुङ नगरपालिका–१ रामरेखास्थित धौलागिरी बहिरा आमाविको कक्षा ९ मा अध्ययनरत छात्रा पुलबाट हाम फालेर बेपत्ता भएपछि खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ । बुधबार साँझसम्म प्रहरीले उनलाई भेटाएको छैन ।
विद्यालयका प्रधानध्यापक रेशम श्रीसले होस्टेलमा रहदै आएकी बालिका होस्टेलबाट बेपत्ता भएको जानकारी दिए । घटनाको विषयमा प्रहरीले विद्यालयका शिक्षक कर्मचारी, उनका सहपाठीहरुलाई सोधपुछ गरेको छ । होस्टलमा खोजतलास गर्ने क्रममा सुसाईट नोट भेटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->