मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

साउनमा कालिका मन्दिरको आम्दानी ७ लाख बढी

साउनमा कालिका मन्दिरको आम्दानी ७ लाख बढी


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८१, बुधबार

बागलुङ/कालिका भगवती गुठी बागलुङले साउनमा ७ लाखबढी आम्दानी गरेको छ । साउन महिनामा ७ लाख ७ हजार ६ सय ८८ रूपैयाँ आम्दानी भएको कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
साउन महिनामा कुल आम्दानी १९ लाख २० हजार २ सय ८८ र कुल खर्च ११ लाख ४१ हजार ६ सय रूपैयाँ हुँदा ७ लाख ७ हजार ६ सय ८८ रूपैयाँ खुद आम्दानी भएको हो । साउनमा भक्तजनले चढाएको भेटीबाट ६ लाख २९ हजार ८ सय २५, चामल बिक्रीबाट १ हजार ५ सय, बोका बलिबाट १ हजार, सटर भाडाबापत ९ लाख ४८ हजार ८ सय ८०, विवाहबाट ५ सय, मन्दिरलाई आर्थिक सहयोग १ लाख ७ हजार ५ सय ३३, परेवा बिक्रीबाट २ लाख २२ हजार २ सय ५० र पण्डितबाट ८ हजार ८ सय गरी १९ लाख २० हजार २ सय ८८ रूपैयाँ आम्दानी भएको हो ।
मन्दिरको खर्चतर्फ स्टेसनरीमा ४ हजार, कर्मचारीको तलबमा ४ लाख १ हजार ५ सय, विद्युत खर्च ४० हजार ७ सय, अतिथि सत्कारतर्फ ७६ हजार ९ सय, आर्थिक सहयोग १५ हजार, मेसिन तथा उपकरण खर्च ३ लाख, खाद्यान्न तथा आवासतर्फ ७१ हजार, विज्ञापन खर्च १० हजार, साँस्कृतिक कार्यक्रम तथा भजनतर्फ १ लाख ५ सय, लेखापरीक्षण खर्च २५ हजार गरी ११ लाख ४१ हजार ६ सय रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->