बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सुजलको सुगर फ्री दही : सफल दही

सुजलको सुगर फ्री दही : सफल दही


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८१, बुधबार

पोखरा/सुजल डेरी प्रा.लि.ले मधुमेह (सुगर) का बिरामीहरुले पनि खान मिल्ने ‘सफल दही’ बजारमा ल्याएको छ । चाडबाडमा बढी उपभोग गरिने दहीबाट कोही कसैलाई हानी नहोस् भन्ने हेतुले चिनीरहित (सुगर फ्री) सफल सादा दही बजारमा ल्याइएको कम्पनीको भनाई छ ।
‘सफल सादा दही (सुगर फ्री) विशेषगरी मधुमेह रोगी, गुलियो कम मनपराउने व्यक्तिहरू, स्वास्थ्य सचेत मानिसहरू र स्वस्थ जीवनशैली अपनाउन चाहने सबैका लागि चाडपर्वमा एक उत्कृष्ट विकल्प हो,’ कम्पनीले भनेको छ, ‘सुगर फ्री संस्करणको उपलब्धताले स्वास्थ्यप्रति सजग रहेका उपभोक्ताहरूलाई चाडपर्वमा सजिलै स्वस्थ रहन सहयोग पु¥याउनेछ ।’
प्याकेटमा रहेको ५ सय मिलिलिटर सफल सादा दही (सुगर फ्री) को ८५, बट्टामा रहेको साढे एक लिटरको १ सय र एक लिटरको बट्टाको १९० रुपैयाँ मूल्य कायम गरिएको छ ।
कम्पनीले सफल ब्रान्डको स्वस्थ जीवनशैली र पोषणप्रतिको प्रतिबद्धतालाई सुगर फ्री दहीले प्रमाणित गरेको जानकारी दिँदै चाडपवर्पलाई विशेष बनाउन स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको सफल दही, एकदम सही भएको पनि जिकिर गरेको छ । सफल दही गाई तथा भैँसीको दूधलाई उच्चस्तरीय प्रविधिद्वारा प्रशोधन गरी बनाइएको बाक्लो र मलायदार दही हो । सुजल डेरीको उत्कृष्ट उत्पादन सफल दही, पछिल्ला १८ वर्षदेखि पोखरा र वरपरका क्षेत्रमा लोकप्रिय रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->