बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तत्काल मौसममा सुधार नहुने, शनिबारसम्मै बर्षाको सम्भावना

तत्काल मौसममा सुधार नहुने, शनिबारसम्मै बर्षाको सम्भावना


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८१, बिहिबार

काठमाडौं/ जल तथा मौसम विज्ञान विभागले तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जनाएको छ । विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै छ । तर लगातार झरी भने पर्ने छैन ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ सरेको छ । त्यसैले पश्चिमको तुलनामा पूर्वमा बढी वर्षा हुने छ ।

दुई दिन अघिदेखि काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ । आज बिहान पनि देशभर आंशिकदेखि साधारणतया बदली छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । पछिल्लो एक घण्टामा बर्दियाको दौलतपुर, कैलालीको बचिला र कचिला वर्षा मापन केन्द्रमा भारी वर्षा भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->