बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा चुनाव लड्ने कार्कीको घोषणा

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा चुनाव लड्ने कार्कीको घोषणा


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८१, बिहिबार

पोखरा/ पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले आगामी महाधिवेशनमा अध्यक्षमा उमेद्वारी दिने विहीबार घोषणा गरेका छन् । यही भदौ २८ र २९ गते पोखरा उद्योग बाणिज्य संघको ३५ औं अधिवेशन हुँदैछ ।

यसअघि अर्का व्यवसायी अर्जुन पोखरेलले अध्यक्षको उमेद्वारी घोषणा गरिसकेका छन् । अर्जुनले पदाधिकारीसहित उमेद्वारी घोषणा गरेका थिए । तर कार्कीले आज पत्रकार सम्मेलन गरेर आफ्नो मात्र उमेद्वारी घोषणा गरे । वरिष्ठ उपाध्यक्ष भएको नाताले आफ्नो उमेद्वारी स्वभाविक भएको भन्दै सहकार्यका लागि सबै ढोकाहरु खुलै राखेको कार्कीले बताएका छन् । कार्कीले कसैलाई पाखा, कसैलाई काखा नगर्ने र ‘आमव्यवसायी आफ्नो शक्ति रहेको भन्दै प्यानलबिनै अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए ।

२०५५ सालमा संघको साधारण सदस्यबाट संघमा छिरेका उनी २०७३ सालमा स्वतन्त्र रुपमा लडेर उपाध्यक्ष (उद्योग तर्फ)  निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->