मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

यसवर्ष पनि बागलुङमा जेसीज सप्ताह हुने

यसवर्ष पनि बागलुङमा जेसीज सप्ताह हुने


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८१, बिहिबार

बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीजले यसवर्ष पनि विभिन्न कार्यक्रमका साथ जेसीज सप्ताह गर्ने भएको छ ।
जेसीसको आठौं बोर्ड बैठकले भदौ २५ देखि ३१ गतेसम्म जेसीज सप्ताह गर्ने निर्णय गरेको हो । सप्ताहका लागि कार्यकारीणी उपाध्यक्ष बलराम कँडेललाई मूल संयोजक र प्रत्येक कार्यक्रमका लागि संयोजक तोकिएको जेसीजका महासचिव ताराप्रसाद शर्माले बताए ।
सप्ताहको पहिलो दिन महासचिव ताराप्रसाद शर्माको संयोजकत्वमा उद्घाटन तथा युवा सम्मान कार्यक्रम, देस्रो दिन कोषाध्यक्ष प्रेमप्रसाद ढकालको संयोजकत्वमा तालिम, तेस्रो दिन दिर्घकालिन विकास संयोजक मिलन खत्रीको संयोजकत्वमा मानव सेवा आश्रममा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको मुल संयोजक कँडेलले जानकारी दिए ।
यस्तै, चौथो दिन कानुनी सल्लाहकार अञ्जिला श्रेष्ठको संयोजकत्वमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पाँचौ दिन निर्देशक स्विकृती भारीको संयोजकत्वमा स्थापना दिवससंगै विगतसंग वर्तमान कार्यक्रम, छैंठौ सहसचिव सुलभ खड्काको संयोजकत्वमा फुटसल र अन्तिम दिन कार्यकारीणी उपाध्यक्ष बिन्द्रा कार्की सोनीको संयोजकत्वमा स्व. प्रगतिकुमार अन्तर कलेज बक्तृत्वकला हुने अध्यक्ष गणेश महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->