बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

टिकटक खुलाउन सरकारले गर्यो सशर्त निर्णय

टिकटक खुलाउन सरकारले गर्यो सशर्त निर्णय


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८१, बिहिबार

काठमाडौं / सरकारले टिकटक खुलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित टिकटक खुलाउने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार टिकटकले तीन महिनाभित्र आवश्यक मापदण्ड पूरा गर्नुपर्नेछ। तीन महिनाभित्र प्रक्रिया पूरा नगरे पुनः बन्द गर्ने शर्त राखिएको छ।

सरकारले आजैदेखि टिकटक खुलाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो। टिकटक बन्द भएपछि चिनियाँ पक्षले तत्कालीन र वर्तमान सरकारलाई समेत पटक(पटक खुलाउनका लागि दबाब दिँदै आएको थियो।

प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुन थालेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको बताएको थियो। त्यसबेला अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको सरकारको निष्कर्ष थियो।

टिकटक खुलाउने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लगेका थिए। बुधबार मन्त्रीस्तरिय निर्णय गरेर गुरुङले आजको बैठकमा प्रस्ताव लगेका हुन्। क्याबिनेटले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप टिकटक सहज रुपमा चल्ने भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->