बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लागू औषध किनवेचमा फार्मेसी संचालकसहित २ पक्राउ

लागू औषध किनवेचमा फार्मेसी संचालकसहित २ पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८१, बिहिबार

पोखरा/ प्रहरीले लागुऔषध किनबेचमा फार्मेसी संचालकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–९ का २७ वर्षीय बिजय पोख्रेल र पोखरा–९ नयाँबजारका ४८ वर्षका केदार अधिकारी छन । अधिकारी लागुऔषध बिक्रेता र पोख्रेल क्रेता हुन ।

कास्की प्रहरीका अनुसार वडा प्रहरी कार्यालय बैदामको टोलीले बुधवार साँझ ८ बजेको समयमा नयाँबजारमा शंकास्पद अवस्थामा पोख्रेललाई फेला पारी निजको शरिर खानतलासी गर्दा उनको झोलामा ट्यापेन्टाडोल हाइड्रोक्लोराइड क्याप्सुल (लागू औषध) १२० चक्की फेला पारेको थियो । पोख्रेललाई सोधपुछ गर्दा पोखराको नयाँबजारमा रहेको बिभुती फार्मेसीबाट खरिद गरेको भन्ने बयान दिएका थिए ।

उनको बयानका आधारमा फार्मेसीमा खानतलासी गरिएको र ९० चक्की सोही लागुऔषध बरामद भएपछि संचालक अधिकारीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवैजनालाई लागुऔषध मुद्धामा अधिकारीलाई अधिकारीलाई ९ दिन र पोख्रेललाई १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->