बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

क्यान्सर पीडितलाई रानीपौवा महिला समूहद्धारा सहयोग

क्यान्सर पीडितलाई रानीपौवा महिला समूहद्धारा सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८१, शुक्रबार

पोखरा/क्यान्सर रोगबाट प्रभावित हुनु भएको गोकुल रिमाललाई पोखरा ११ को रानीपौवा महिला समूहले आर्थिक सहयोग गरेको छ । महिला समुहबाट संकलित ४४ हजार ४ सय ६५ रुपैया बुधबार रिमाललाई महिला समूहकी सचिव लीलादेवी पौडेल, कोषाध्यक्ष झलक अधिकारी सहितको अन्य सदस्यहरुले हस्तान्तरण गर्नु भएको हो ।
८१ जना महिला समुह र अन्य केही सहयोगीहरुबाट उक्त रकम संकलन भएको सचिव पौडेलले जनाउनु भयो । रिमालको स्वास्थ्य उपचारमा थप सहयोग हुने उद्देश्यले सहयोग गरेको उनको भनाइ थियो । महिला समूहले न्यूनतम २० रुपैया देखि ५ हजार १ सय ५ रुपैयासम्म प्रति व्यक्तिको सहयोगमा उक्त रकम संकलन गरेको हो । महिला समुहमा हाल ७१ जना सदस्य आबद्ध भएको कोषाध्यक्ष अधिकारीले जानकारी दिइन् ।
बर्दीया घर भई विगत डेढ दशक देखि पोखरामा ट्याक्सी चलाउँदै आएका ४४ वर्षीय रिमालको थप स्वास्थ्य उपचारको लागि सहयोगी मनहरुमा सहयोगको आव्हान समेत गरिएको संस्थाका अध्यक्ष वेवी श्रेष्ठ (गोंगजु) ले बताइन् । रिमाललाई २ महिना अघिमात्र दाँतबाट क्यान्सर रोग लागेको पहिचान भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->