बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यकः प्रदेश प्रमुख भट्ट

समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यकः प्रदेश प्रमुख भट्ट


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८१, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सक्षम युवाले मात्र मुलुकको समृद्धिमा टेवा पुु¥याउने भएकाले युवाको नेतृत्व तथा क्षमता विकासमा जोड दिएका छन ।

पोखरा जेसीजको आयोजनामा पोखरामा आयोजित चार दिवसीय व्यापार प्रशिक्षण कार्यक्रम ‘जेसीआई नेपाल बिजनेश एकेडेमी’को शुक्रबार उद्घाटन गर्दै भट्टले युवा नेतृत्वमा जोड दिएका हुन । जेसीजले गर्विलो इतिहास निर्माण गर्दै युवाहरुको चम्किलो भविष्यको मार्ग कोर्ने क्रममा यस वर्ष स्वर्ण जयन्ती मनाइरहेको सन्दर्भमा उनले शुभकामना पनि व्यक्त गरे ।

प्रदेश प्रमुख भट्टले भने, ‘जीवनको सबैभन्दा सक्रिय र उर्जाशील उमेर १८ देखि ४० वर्षसम्मका युवाको साझा संस्था जेसीजले व्यवसायिक युवालाई नै केन्द्रीत गरी आयोजना गरेको यस प्रशिक्षणले युवालाई व्यवसायको सुरुवात गर्न, व्यवस्थापन गर्न र प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक ज्ञान र सीपहरुको आर्जनमा ठूलो भूमिका खेल्ने विश्वास लिएको छु ।’

तालिमको विश्वविद्यालयको रुपमा पनि चिनिने जेसीजले युवा सशक्तिकरण गर्दै समाजमा सकारात्मक परिवर्तन गरेको उनले बताए । कर्मठ युवाको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जेसीजले असल, योग्य युवाहरुको उत्पादन गरी राष्ट्र, राष्ट्रियता र समाजप्रति जिम्मेवार नागरिक निर्माणमा योगदान गरेकोमा प्रशंसा पनि गरे । ‘सक्षम नागरिकको उत्पादन हुन सकेमा समाज र सिंगो राष्ट्रको विकास हुनेछ । असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिन सक्छ । यस्ता नेतृत्व निर्माणमा जेसीज जस्ता संस्थाको महत्वपूर्ण हात रहेको छ’ भट्टले भने ।

व्यक्तित्व तथा क्षमता विकास, सामाजिक अभियान, उद्यमशीलता एवं व्यवसायिकताको नेटवर्किङ र विस्तारका साथै अन्तर्राष्ट्रिय सम्बन्ध एवं व्यापार विस्तारमा जेसीजले अझै ठूलो भूमिका खेलोस् भनी अपेक्षा पनि उहाँले व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->