बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सरकारका चारवटै सर्त पालना गर्ने प्रतिबद्धतासहित टिकटकले काम थाल्यो, सबै नेटवर्कबाट चल्ने

सरकारका चारवटै सर्त पालना गर्ने प्रतिबद्धतासहित टिकटकले काम थाल्यो, सबै नेटवर्कबाट चल्ने


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८१, शुक्रबार

काठमाडौं / सामाजिक सञ्जाल टिकटकआगामी मंगलबारसम्ममा नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा चल्ने भएको छ। टिकटकका प्रतिनिधिले सरकारका चारवटै सर्त पालना गर्ने प्रतिबद्धतासहित काम गरिरहेका छन्।

आइतबार नै सबै काम सकिएमा बेलुकादेखि चल्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। नेपाल सरकारले बिहीबार (भदौ ६) गते टिकटक प्रतिबन्ध फुकुवा गरे पनि सबैतिर अझै चलेको छैन।

टिकटकका प्रतिनिधिले शुक्रबार (भदौ ७) मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेट गरेर सरकारले अघि सारेका चारवटै सर्त पालना गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ।

सरकारको सामाजिक सञ्जालको सञ्चालनसम्बन्धी निर्देशिका–२०८० को दफा–३ मान्न टिकटक तयार भएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले बताए।

‘टिकटकका प्रतिनिधिले आज म र सचिवसँग भेटेर हामीले अघि सारेका सर्त मान्ने प्रतिबद्धता जनाएका छन्,’ मन्त्री गुरुङले भने।

सामाजिक सञ्जाल सञ्चालनका लागि मन्त्रालयमा सूचीकरण गर्न र सूचीकृत भएको सामाजिक सञ्जालको उपदफा ६ अनुसार सम्पर्कविन्दु केही दिनमै तोकिने टिकटकले मन्त्रीलाई जानकारी दिएका छन्।

‘सरकारको निर्णयबाट हामी खुसी छौँ, अब यसको कार्यान्वयन तत्काल गराउँछौँ,’ मन्त्री गुरुङसँग टिकटकका प्रतिनिधिले भने, ‘ढिलोमा मंगबारसम्म नभए पर्सि आइतबार (भदौ ९) गते बेलुकासम्म सरकारका सबै सर्त कार्यान्वयन गराइसक्छौँ।’

बिहीबार (भदौ ६) मा बसेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध हटाउन चारवटा सर्त अघि सारेको थियो।

जसअन्तर्गत पर्यटन प्रबद्र्धनमा सहयोग गर्नुपर्ने, डिजिटल साक्षरताका लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र नेपाली भाषा र मातृभाषाको प्रयोग नियमन गर्ने अर्थात् जे कारणले टिकटक बन्द गरियो भन्ने भएको छ, त्यो हुन नसक्नेगरी भाषा मिलाउनुपर्ने सरकारको सर्त पालना गर्न तयार रहेको टिकटकले जनाएको छ।

‘नेपालमा टिकटक खुल्ने कुराले हामी ज्यादै खुसी छौँ। हामी फलदायी संवादका लागि नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौँ,’ टिकटक प्रवक्ताले भनेका छन्, ‘नेपाली जनमानसको डिजिटल अनुभवको लागि वहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौँ। हाम्रो कम्युनिटीको रचनात्मकता र जोसले नेपाली घरपरिवारमा आनन्दको सञ्चार, प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण आर्थिक अवसरहरूको ढोकासमेत खोलेको छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->