पोखरा/ नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक आज आइतबार पोखरामा भइरहेको छ । केन्द्रीय पदाधिकारीसहित गण्डकी प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता रहेको बैठक भोलिसम्म चल्नेछ ।
केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेतासँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत बैठकको आयोजना गरिएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श लिइरहेका छन । सबै प्रदेशहरुको परामर्श बैठक सकिएपछि माओवादीको केन्द्रीय समिति बैठक बस्ने र केन्द्रीय समिति बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम तयार पार्ने माओवादीको तयारी छ ।





