पोखरा/ शिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं साधरण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालकृष्ण कोईरालाको अध्यक्षता, सभामा उपस्थित संस्थाका जेष्ठ सदस्य गंगा तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष धर्मराज बराल (भोला) को विषेश आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कबिता भुषाल शर्माले स्वागत मन्तब्य तथा सचिव बिनोदप्रसाद लामिछानेले कार्यक्रम संचालन गरेका थिए।
कार्यक्रममा संचालक समिति सदस्य एल के शर्माले संस्थाको सम्पूर्ण गतिबिधिबारे प्रकाश पार्दै बजारमा जसरी सहकारीहरु जोखिममा रहेको गुनासोहरु सुनिएको छ, त्यस्तो हल्लाको पछाडि नलागिकन शिभिल बचत तथा ऋण सहकारीमा निर्धक्क भै बचत गर्न सम्पूर्ण शेयर सदस्य तथा बचत कर्ताहरुलाई आग्रह गरेका थिए । संस्थाका ब्यबस्थापक बिष्णुप्रसाद सापकोटाले सम्पूर्ण सेयर सदस्यहरुलाई संस्थाप्रतिको उत्तरदायित्व बोध गराएका थिए ।
कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखासमितिको प्रतिवेदन माथि छलफल गरि सर्वसहमतिमा पारित गरिएको थियो भने शिक्षा तथा सांस्कृतिक संयोजक बसन्त बास्तोलाले सेयर सदस्यहरुलाई विभिन्न कार्यक्रम मार्फत मनोरञ्जन दिएको संचालक समिति सदस्य दिपक पौडेलले जानकारी दिए ।





