बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

काहुँखोला भाट समाजको रक्तदान कार्यक्रम सम्पन्न

काहुँखोला भाट समाजको रक्तदान कार्यक्रम सम्पन्न


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८१, आइतबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १३ स्थित काहुँखोला भाट समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् ।

पोखरा १३ का निवर्तमान वडा अध्यक्ष दर्शन लामाले पहिलो रक्तदाता गोकुलबहादुर रानाभाटलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे । काहुँखोला भाट समाज स्थापना कालदेखि नै सामाजिक सेवामा सक्रिय रहेको वताउँदै उनले आगामी दिनहरुमा पनि सक्रिय रहन आग्रह गरे । उनले रक्तदान भन्दा ठुलो कुनै परोपकार नभएको वताउँदै रक्तदान दिन मिल्ने सबैले रक्तदान गर्नुपर्ने वताए ।

सो अवसरमा गोकुलबहादुर रानाभाट, मनिषकुमार शाह, श्रीराम रानाभाट, रमेश रानाभाट, सूर्यबहादुर अधिकारी, शारदा रानाभाट, सागर रानाभाट, जगत तिमिल्सिना, दिपक महत्मान, उद्धब भडेल, राम रानाभाट, मदनलाल चौधरी, सविन रानाभाट, दिपा रानाभाट, नगेन्द्र चौधरी, गुमानसिंह गुरुङ, वसन्त रानाभाट, सुजु रानाभाट लगायतले रक्तदान गरेका थिए ।

त्यसैगरी फरिन्द्र रानाभाट, सन्तोष विश्वकर्मा, सुनिल रानाभाट, तेजबहादुर रानाभाट, शंकर रानाभाट, मिलन रानाभाट, दीपक रानाभाट, चन्द्र खत्री, प्रविन पौडेल, त्रिलोचन वराल, विनोद पन्त र भरत रानाभाटले रक्तदान गरेका थिए । समाजका अध्यक्ष श्रीराम रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पुर्व अध्यक्ष सु.भिमबहादुर रानाभाटले र संचालन सचिव सूर्यबहादुर रानाभाटले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->