बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाराहीका बिप्लव आइसिसी चेम्बरको सदस्य चयन

बाराहीका बिप्लव आइसिसी चेम्बरको सदस्य चयन


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८१, आइतबार

पोखरा/ इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी) को नयाँ नेतृत्व चयन भएको छ । आइतबार सोल्टी होटेलमा सम्पन्न साधारण सभाले राजेशकाजी श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको सदस्यमा पोखराका विप्लव पौडेल पनि चयन भएका छन् । पौडेल पर्यटन व्यवसायमा ख्यातिप्राप्त बाराही ग्रुपका निर्देशक हुन् । इन्टरनेसनल चेम्बर अफ कमर्स नेपालमा विदेशी लगानी भित्र्याउने र नेपाली उत्पादनलाई विदेशी बजारमा पुर्‍याउने उद्देश्य अनुरुप गठन भएको संस्था हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा निर्वाचित भएका छन । उपाध्यक्षहरूमा राजेन्द्र मल्ल पदेन, दिनेश श्रेष्ठ एसोसिएसन, बैंक वित्तीय क्षेत्रको तर्फबाट सुनील केसी, इस्योरेन्स क्षेत्रको तर्फबाट चंकी क्षेत्री, मानार्थ उपाध्यक्ष सोनाम लाक्पा शेर्पा, लिमिटेड कम्पनीका तर्फबाट गणेश कार्की र एसोसिएसनको तर्फबाट राजेन्द्र अर्याल चयन भएका छन् ।

पौडेलसँगै सदस्यहरूमा देशबन्धु बस्नेत अजित’ सुशान कर्माचार्य, अशोक शेरचन, सुदेश खालिङ, कुमुद दुगड, अशोक अग्रवाल, सञ्जय अग्रवाल, सुधीर मित्तल, नवीन श्रेष्ठ, पोषकराज पौडेल, उपासना पौडेल, त्रिभुवनधर तुलाधर, उर्मिला श्रेष्ठ, विजय श्रेष्ठ, सुदर्शन चापागाईं, रेखा घिमिरे, रमेश शर्मा, रविचन्द्र सिंह, आर एस भण्डारी, पवित्रकुमार कार्की, नरेश श्रेष्ठ, मिनबहादुर गुरुङ, लाक्पा शोनाम शेर्पा, कुस मल्ली, ज्ञानेन्द्र ढुंगाना, दीपककुमार श्रेष्ठ, गणेश कार्की र अर्जुन शर्मा छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->