बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आज श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

आज श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरमा भक्तजनको घुइँचो


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८१, सोमबार

पोखरा/ आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर मनाइँदै छ । यस दिन वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् । साथै देशभरका कृष्ण मन्दिरमा भक्तजनको घुइँचोसमेत लागेको छ । भक्तजनहरु बिहानदेखि नै मन्दिरमा पुगेका थिए ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस अवसरमा विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । साथै आजको दिन कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन पनि छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->