बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सहकाल आउने विश्वासमा देखाइने जोगी नाँच

सहकाल आउने विश्वासमा देखाइने जोगी नाँच


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८१, सोमबार

बागलुङ/शाक्य समुदायले बागलुङमा जोगी नाँच देखाएका छन् । झट्ट हेर्दा महादेवको स्वरुप जस्तै बनेर नाचिने भएकोले यो नाँचलाई जोगी नाँच भनिन्छ ।
पहेलो बस्त्र लगाएका । कसैको हातमा त्रिशुल त कसैको हातमा लठ्ठी । जटा त्रिशुल र माला लगाएका ‘जोगी’को लस्करै बनेर नाच्ने संस्कृति नै जोगी नाँच हो । लोपोन्मुख यो संस्कृति बागलुङका शाक्यहरुले बचाएका छन् । आइतबार जोगी बनाएर नाँच देखाइएको हो । यो नाँचका लागि दुइदर्जन बढीले जोगीको स्वरुप धारण गरेका थिए ।
पौराणीक कालदेखि बागलुङका शाक्यहरुले जोगी नाँच देखाउने गरेका हुन् । यो संस्कृतिले समाजमा असुरी प्रवृतिको अन्त्य हुने विश्वास गरिन्छ । सामाजिक सुसम्बन्ध फैलने र सहकाल आउने विश्वास पनि स्थनीयमा छ । जोगी बनेर उनीहरुले थालमा पैसा समेत माग्दै हिंड्छन् ।
कुनै पनि राक्षसी प्रवृत्ति नआउने विश्वास लिएर उनीहरु जोगी बन्छन् । धेरै कलाकार चाहिने भएकोले खर्च हुने स्थानीय राजनकुमार शाक्यले बताए । महादेव पार्वतीको पूजा गरी उनीहरुलाइ खुसी पार्न तान्डव नृत्यसहित जोगी बनाएर नचाएपछि वर्षभरि कुलको सुरक्षा हुने नेवारी परम्परा र विश्वास छ । जोगी बन्नेले महादेवकै जस्तो जटा बनाउने, शरीरमा भस्म लेपन गर्ने र पेटमा राक्षसको आकृति बनाएर नाच्ने र भीख माग्ने समेत चलन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->