मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

फेडवासन पत्रकारिता पुरस्कार बागलुङका राजभण्डारीलाई

फेडवासन पत्रकारिता पुरस्कार बागलुङका राजभण्डारीलाई


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८१, सोमबार

चितवन/बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी यस वर्षको फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । खानेपानी तथा सरसफाइ राष्ट्रिय महासंघ (फेडवासन) को २२ औं स्थापना दिवसको अवसरमा चितवनमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो । उनले टेलिभिजन विधामा सो पुरस्कार प्राप्त गरेका हुन् ।
अघिल्लो आर्थिक वर्षमा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा प्रकाशन÷प्रसारण भएका समाचारमध्येबाट फेडवासनले चार जना सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको छ । राजभण्डारीसंगै अखबारतर्फ चितवन पोष्टका होमनाथ सापकोटा, अनलाइनतर्फ उकेरा अनलाइनका जगतदल जनाला बिक र रेडियोतर्फ रेडियो परासीका मोघनाथ गौतम सम्मानित भए । सम्मानित पत्रकारहरुलाई संघीय खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->