बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रकृति र संस्कृतिको केन्द्र हो नेपालः राजदूत डा. सुवेदी

प्रकृति र संस्कृतिको केन्द्र हो नेपालः राजदूत डा. सुवेदी


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८१, सोमबार

पोखरा/ जापानको टोकियोमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकको (कोँड नाश) वृत्तचित्र आइतबार प्रदर्शन गरिएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकद्वारा ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्माण गरिएको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बे्रज मेश्रो घान्द्रुक समाज जापानको आयोजनामा जापानको टोकियो शहरको गोतान्दा माया रेष्टुरेन्टमा प्रदर्शन गरिएको हो ।

बृत्तचित्र प्रदर्शन समारोहमा बोल्दै जापानकालागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदीले आफु बेलायतको राजदूत भएर जाँदा नेपाल घुमेर बेलायत फर्किएहरुले स्वर्गको एउटा टुक्रामा टेकेर आएको प्रतिक्रिया दिएको बताए । ‘‘कास्कीको घान्द्रुक, चितवनको सौरहा, लुम्बिनी, पाल्पाको श्रीनगर, इलामको कन्याम जस्तै स्वर्गका धेरै टुक्राहरु नेपालमा छन्, सिङ्गै स्वर्ग जस्तो हाम्रो देश छ,’ सुवेदीले भने, ‘प्रत्येक थुम्काथुम्का देवताको वास भएको देश हो हाम्रो, प्रत्येक ढुङ्गाहरुमा देवता खोपेको देश हो भनेर चिनाउन बाँकी छ, पर्यटन प्रवद्र्धन गर्न बाँकी छ ।’

सुवेदीले जापनीज साथीले नेपालको भ्रमण गरेपछि नेपाल विविधता भएको देश भएको समेत बताए । मलाई एकजना जापनीज साथीले भन्नुभयो, नेपाल विविधता भएको देश हो, १० किलोमिटरको हिडेपछि त्यही महोत्तरीबाट सिन्धुली चढ्दा गर्मीबाट चिसोमा पुगिन्छ, चितवनबाट अलिकति माथि पुग्दा आँबुखैरेनी हुँदै गोरखा नपुग्दै पुनः शितल हुन्छ यो विविधता हो यो प्रकृतिले दिएको उपहार रहेको उनले बताए । उनले नेपाल प्रकृति र संस्कृतिको केन्द्र भएको समेत बताए । ‘प्रकृति र संस्कतिको धनी हो नेपाल, प्रकृति र संस्कृतिको केन्द्र हो नेपाल, प्रकृति र संस्कृतिको धनी हो पोखरा, घान्द्रुक, घलेगाउँ’ उनले भने ।

जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलराम श्रेष्ठले नेपालमा पर्यटन प्रवद्र्धन गर्दा एक ठाउँको मात्र नभएर नेपालको समृद्धिमा नै सहयोग पुग्ने बताए । उनले नेपाल प्राकृतिक, सास्कृतिक रुपमा धनी भएकाले यसको प्रवद्र्धन गर्न नेपाल सरकार र समुदाय नै लाग्नुपर्नेमा जोड दिए ।

लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले घान्द्रुकमा पर्यटक प्रवद्र्धन गर्न वृत्तचित्र निर्माण गरेर प्रदर्शन गरिएको बताए । ‘‘घान्द्रुकमा पहिलो पटक प्रदर्शन गरेको वृतचित्रलाई देशको प्रमुख शहरहरु पोखरा, काठमाडौं लगायतका स्थानमा प्रर्दशन गरिएको छ,’ गुरुङले भने,‘‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्रलाई बेलायत र हङकङपछि जापानमा प्रदर्शन गरेका हौ ।’

गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो ।

उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुक आसपासको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ । कार्यक्रम ब्रेज मेश्रो घान्द्रुक समाज जापानका अध्यक्ष युक्तमान गुरुङको अध्यक्षता र लामा अमृत घान्द्रुकका संस्थापक अमृत गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->