बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लागू औषध तथा मादक पदार्थ सेवनकर्ता ६९ जनालाई नियन्त्रणमा लिई प्रशिक्षण दिई छाडियो

लागू औषध तथा मादक पदार्थ सेवनकर्ता ६९ जनालाई नियन्त्रणमा लिई प्रशिक्षण दिई छाडियो


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८१, मंगलबार

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरका विभिन्न स्थानमा लागुऔषध तथा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ६९ जनालाई आज नियन्त्रमा लिएको छ ।

एकान्त स्थानहरुमा अखडा बनाई लागू औषध तथा मादक पदार्थ सेवन गर्ने, दिउँसै लठ्ठ परी हिड्ने, एकान्त स्थानहरुमा लागू औषध सेवन गरी लठ्ठ परी बसि रहेका, मानिसहरुलाई डरत्रास देखाउने, तथा ग्रुप बनाई विभिन्न अश्लिल शव्दहरु प्रयोग गर्दै होहल्ला गरिरहेका ५ महिला, ६४ जना पुरुषलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । लागू औषध दुर्व्यसनीबाट शरीरमा हुने असर, कानूनी व्यवस्था, दुर्व्यसनीमा फसेपछी बाहिर निस्कने उपाय, उपचार तथा जिवनको अस्तित्व उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिई आफन्तको जिम्मा लगाई छाडिएको प्रहरीको भनाइ छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->