मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

ट्रेड युनियन कांग्रेसको संगठन विस्तार अभियान

ट्रेड युनियन कांग्रेसको संगठन विस्तार अभियान


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०८१, बुधबार

बागलुङ/नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले संगठन विस्तार अभियान थालेको छ । गाउँसम्म संगठन विस्तार गर्नेगरी बागलुङका १० वटै पालिकामा अभियान सञ्चालन गरेको हो ।
अभियान अन्र्तगत गल्कोट नगरपालिकामा प्रथम नगर अधिवेशन सम्पन्न गरेको हो । ‘श्रमको सम्मान गरौ,श्रम शक्ति नै राष्ट्र शक्ति हा’े भन्ने मुल नाराका साथ पहिलो अधिवेसनले गल्कोट नगर समिति गठन गरिएको छ ।
प्रथम अधिवेशनको उदघाटन गर्दै गल्कोट नगरपालिका प्रमुख भरत गैरेले श्रमिक वर्गको हक, हितकोलागि कानुन भएपनि कार्यान्वयन भने हुन नसकेको बताए । गैरेले श्रमजीवी वर्गका सबै खाले समस्यालाई समाधान गर्न सबै क्षेत्रको भुमिका अपरिहार्य रहेको बताए ।
कार्यक्रममा पुर्व सांसद एवं कांग्रेस महाधिवेशन प्रतिनिधि नर बहादुर पुन,नेपाली काग्रेस बागलुङका सहसचिव एवं गल्कोट नगरपालिका–३ का वडा अध्यक्ष फम बहादुर खत्री, महासमिति सदस्य एवं नेपाल ट्रेड युनियन काग्रेसका राष्ट्रिय प्रतिनिधि उमाकान्त पौडेल, नेपाली काग्रेस क्षेत्र नं. २ प्रदेश ‘क’ का सभापति तिलक घर्ति, नेपाली कांग्रेस गलकोट नगरपालिका कार्यवाहक सभापति यज्ञप्रसाद सापकोटा, नेपाली काग्रेस जिल्ला सदस्य एवं गल्कोट नगरपालिका महिला संघ अध्यक्ष मिना श्रेष्ठले मन्तव्य राखेका थिए । नेपाल ट्रेड युनियन कांग्रेस बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेलको अध्यक्षता र सचिव विर बहादुर किसान को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
गल्कोटमा भएको प्रथम नगर अधिवेशनले १३ सदस्यि नयाँ कार्य समिति सर्वसम्मन चयन गरेको छ । समितिको अध्यक्षमा ईश्वर गौतम, उपाध्यक्षमा सुरेश छन्त्याल, महिला उपाध्यक्षमा उमा न्यौपाले, सचिवमा गोविन्द उपाध्याय, सह सचिव कृष्ण प्रसाद गौतम र कोषाध्यक्षमा धना खडका रहेका छन् । सदस्यहरुमा रन्त अधिकारी, दुर्गा बहादुर भण्डारी, राजन सुवेदी र केशव गौतम रहेका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले यस अगाडी जिल्लाको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा अधिवेशन सम्पन्न गरिसकेको छ । आगामी दिनमा अन्य बाँकी रहेका पालिकामा अधिवेशन गर्ने तयारी गरेको अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->