पोखरा/ पोखरा फोटोग्राफर संघसंग आवद्ध महिला फोटोग्राफरले पोखरा रानीपौवामा रहेको सत्यसाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ । बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकमलाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तिज पर्वको अवसरमा दर खाने पैशाले सत्यसाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गरेको हो ।
तडकभडकरहित तिज र सबैका लागी तिज भन्ने उद्येश्यले वर्षेनी तिजको उपलक्ष्यमा सहयोग कार्य निरन्तर रहेको महिला उप समितिका संयोजक रीता पौडेलले बताइन । अनाथ तथा असहायलाई सहयोग गर्नैका लागी २०६९ सालमा तत्कालिन अध्यक्ष दुर्गाप्रसाद पौडेलको रोहबरमा महिला उपसमितिले संचालन गर्ने गरि सहयोग पेटिका कोष नै स्थापना गरेको कुरा कोषाध्यक्ष नन्दकला पौडेलले बताईन । महिलालाई पनि फोटोग्राफीमा तथा सामाजिक कार्यमा सक्रिय बनाउदै २०६७ सालदेखि पोखरा फोटोग्राफर संघले महिला उपसमिति गठन गरी बिभिन्न कार्यहरु गर्दै आएको कुरा संस्थापक सयोजक तिर्थ श्रेष्ठले बताईन।
आश्रममा देशभरका बिभिन्न जिल्लाका १० जना अनाथ बालक आश्रीत छन । बुधबार एक कार्यक्रमबिच बाल आश्रमका बालकहरुलाई सो खाधान्न सामाग्रीहरु ह्स्तान्तरण गरियो । साथै बालआश्रमकी अध्यक्ष बकावली शाक्य रंजितले आजसम्म बालबालिकालाई सहयोग माग्नु नपरेको बताउदै सहयोगदाताले नै स्वतः स्फुर्त रुपमा दिदै आउनुभएको सहयोगबाट आश्रमको गुजारा चलिरहेको बताईन । कार्यक्रममा महिला उपसमितिका पूर्व संयोजकहरु तिर्थ श्रेष्ठ, पूर्णकुमारी थापा, शान्ति सुवेदी साथै संस्थाका संरक्षक गणेश छबि, पूर्वअध्यक्ष घनश्याम पौडेल, तुलसीराम सुवेदी, उपाध्यक्ष भक्त तामाङ, कोषाध्यक्ष नन्दकला पौडेल लगायतको उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सचिव देवानन्द पोखरेलले संचालन गरेका थिए ।





