बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मानसिक रोग अस्पताल सञ्चालन गरौँ– कास्की जिसस प्रमुख पौडेल

मानसिक रोग अस्पताल सञ्चालन गरौँ– कास्की जिसस प्रमुख पौडेल


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०८१, बुधबार

पोखरा/ कास्कीमा मानसिक रोगको न्यूनीकरण र उपचार सम्बन्धी व्यवस्थापनका विषयमा जिल्ला समन्वय समिति कास्कीले आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीसहित गण्डकी प्रदेशमा मानसिक रोगको अवस्था गम्भीर देखिएको भन्दै त्यसको पहिचान, सुरक्षा र निदानका लागि छुट्टै अस्पताल स्थापना गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

पौडेलले मानसिक रोगले परिवार र समाजमा गम्भीर असर देखाउने भएकाले जिल्ला समन्वय समिति कास्कीले आफ्नो नीतिका माध्यमबाट संघीय सरकार, प्रदेश र स्थानीय तहलाई सोको व्यवस्थापनका लागि आग्रह गरिएको उल्लेख गरे । उनले कास्कीका पालिकाहरूमा विशेषज्ञ सेवासहितको सुविधायुक्त अस्पताल निर्माणमा केन्द्रित हुन आग्रहसमेत गरे । मानसिक रोगको उपचारका लागि बिरामी काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त्य आवश्यक रहेको भन्दै कास्कीमा सञ्चालनमा रहेका अस्पतालहरूले उक्त रोगको उपचारका लागि छुट्टै प्रभावकारी युनिट खडा गर्न आग्रह पनि उनको थियो ।

कार्यक्रममा कास्कीमा मानसिक रोगको अवस्था, उपचार र चुनौती र व्यवस्थापन सम्बन्धमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ सहायक प्राध्यापक डा.राजेन्द्र घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय, प्रदेश र संघीय सरकारबाट विशेष बजेटको व्यवस्थापनसहितका कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गरे् । कार्यक्रममा जिसस कास्कीका उपप्रमुख सरिता माल, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्री, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामहादुर नेपाली, पोखरा महानगरपालिकाका सामाजिक विकास महाशाखा अधिकृत अर्जुन नेउपाने, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डा.बुद्धिबहादुर थापा, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भिष्मराज अर्याल, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत झबिश्वर रेग्मी, कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवाल, कोपिला नेपालकै कार्यक्रम संयोजक तिर्थ थापा, रेडक्रस कास्कीका उपसभापति उर्मिला खड्का लगायतले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा कास्कीका जिसस सदस्यहरू, पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूसहित सरोकारवाला सरकारी र गैरसरकारी संस्थाका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->