पोखरा/नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हार व्यहोरेका छन् । पोखरा महानगरपालिकाको मेयरमा विजयी हुँदै गर्दा निर्वाचनको समयमा श्रीनाथले निकै महत्वपूर्ण भूमिका खेलेका थिए ।
स्थानीय तहको निर्वाचनमा धनराजलाई मेयरमा जिताउन नागरिकको घरघरमै पुगेका बराल नै पार्टीको सचिवमा धनराजको विपक्षमा उभिदैँ जित हासिल गरेका हुन् । बराल प्रतिनिधीसभाको निर्वाचनमा कास्की क्षेत्र नं. २ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएपनि पराजित भएका थिए । खुल्ला सचिवतर्फको निर्वाचनमा बरालले एक सय सात मत प्राप्त गर्दा मेयर आचार्यले ७५ मत पाए ।
लामो समयदेखी पोखराको कम्युनिष्ट आन्दोलनमा सक्रिय पोखरा महानगरपालिका वडा नम्बर १३ आर्बा निवासी बरालले मंगलाबार भएको चुनाबमा खुल्लातर्फको सचिव पदमा मेयर आचार्यलाई ३२ मतले हराएका हुन् । यस्तै एकीकृत समाजवादीको केन्द्रीय खुल्ला सचिवमा बरालका साथमा शेरबहादुर कुँवर एकसय ५३, सोमप्रसाद पाण्डे एकसय ४१, सावित्रीकुमारी भुसाल १०६ र चन्द्रबहादुर शाहीले ९१ ले मत पाएर विजयी भएका छ्न ।
महिलातर्फको उपध्यक्ष पदमा उम्मेदवारी दिएकी कास्कीकी दिलु पन्त र दलिततर्फको सचिव पदमा उम्मेदवारी दिएका कास्कीकै कृष्ण नेपाली पनि पराजित भएका छन् । महिलातर्फको उपाध्यक्ष पदमा हार्नेहरुको सूचीमा पन्तका साथमा चर्चित नेत्री मकुमारी झाँक्री पनि रहेकी छिन। सो पदमा जयन्ती राई विजयी भएकी छिन् । राईले एकसय ९९ मत पाउँदा झाँक्रीले एकसय १२ मत पाइन् ।
यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले एकसय ६४ मत पाउँदा रामचन्द्र झाले एकसय ४४ मत पाए । निर्वाचन समितिले दिएको जानकारीअनुसार, उपाध्यक्षमा डा. गंगालाल तुलाधर एकसय ८९, जगन्नाथ खतिवडा एकसय ६१, प्रकाश ज्वाला एकसय ४५ र भानुभक्त जोशी एकसय ५६ मतले विजयी भएका छन् ।
उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भएका छन् । नेकपा एसको उपमहसहसचिव पदको घोषित परिणाम अनुसार मेटमणि चौधरी एकसय ५८ मतसहित विजयी भएका छन् । यो अन्य प्रतिस्पर्धीभन्दा सबैभन्दा बढी मत हो । यस्तै रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर विजयी भएका छन् । राजेन्द्र राईले १०६ मत पाएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छ्न् । घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।
आदिवासी जनजातिबाट सचिवमा बलदेव चौधरी र दलिततर्फ गणेश विश्वकर्मा निर्वाचित भएका छन्। खुला सचिवमा शेरबहादुर कुँवर, सोम पाण्डे, चन्द्रबहादुर शाही, सावित्रा भूसाल, श्रीनाथ बराल निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनमा १७ पदका लागि ६७ जना प्रतिस्पर्धामा थिए । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनीविरूद्ध घनेन्द्र बस्नेतले उमेदवारी दिएका थिए । बस्नेतले वरिष्ठ नेता बनाउने आश्वासन पाएपछि उमेदवारी फिर्ता लिएर पाण्डे सर्वसम्मत भए ।
गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा भएको दसौं महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत भएका थिए । बाँकी पदाधिकारी चयन हुन बाँकी थियो ।





