मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

हिमाञ्चलको स्याउ बिस्थापित गर्दै जुम्ली स्याउ

हिमाञ्चलको स्याउ बिस्थापित गर्दै जुम्ली स्याउ

चाडपर्वमा मुस्ताङको स्याउ बजार नआउँदै हिमाञ्चलको स्याउले एकछत्र बजार पाउने गरेको भएपनि यो वर्ष जुम्लाको स्याउले हिमाञ्चलको स्याउलाई बिस्थापित गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८१, बिहिबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Hdr; cct_value: 0; AI_Scene: (4, -1); aec_lux: 197.79425; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

बागलुङ/‘यो चिनको फुजी स्याउ । अनि, यो जुम्लाको स्याउ । मिठो छ, चिनीफुजीभन्दा कम छैन । दुई सय तीस रुपैंयाको एक किलो, आफ्नै देशको उत्पादन, अर्गानिक अनि ताजा स्याउ । किन चिनको स्याउ लैजानुपर्यो, देशकै लगे हुन्न ।’
बुधबार बिहानै आफ्नो पसलमा आएका ग्राहकलाई खिमबहादुरले जुम्लाको स्याउ लैजान प्रेरित गर्दै थिए । बागलुङ बजारको आवारोडबाट भित्री गल्लीमा रहेको खिमबहादुर केसीको तरकारी तथा फलफुल पसलमा चार प्रकृतिका स्याउ छन् ।
जुम्लाको स्याउ भरिभराउ राखेका उनले चाईनिज स्याउ पनि राखेका छन् । तर, पसलमा आउने जो–कोहीलाई सस्तो, राम्रो र स्वदेशी उत्पादन भनेर उनले जुम्लाको स्याउ बेच्छन् ।
नपत्याएर पटक पटक सोध्ने ग्राहकहरुलाई केसीले विश्वास दिलाउन जुम्लाको बगैंचादेखि प्याकिङ गर्ने बेला सम्मका भिडियो र फोटो देखाउँछन् । यो वर्ष जुम्लाको स्याउ देशभर जस्तै बागलुङ बजारमा पनि साउनको अन्तिम साता आईपुगेको छ । साउन सकिनै लाग्दा बजार भित्रिएको जुम्ली स्याउले चिन र भारतबाट आयात हुने स्याउको माग ह्वात्तै घटाएको छ । बजारमा जुम्ली स्याउको माग र उपलब्धता बराबर जस्तै छ । हिमाञ्चलभन्दा सस्तो, स्वादिलो र देशकै स्याउ भनेर माया गर्ने धेरैले जुम्लाकै स्याउ खरिद गर्छन् ।
१सिजन मिलाएर जुम्लाको स्याउ बजार आयो, अघिल्ला वर्षमा हामीले लाखौंको हिमाञ्चल स्याउ यो सिजनमा बेच्ने गरिएको थियो, अहिले त एक कार्टुन पनि मगाईन्’ केसी भन्छन्, ‘मुस्ताङी स्याउको लोकल स्वादमा पल्केका ग्राहकले जुम्लाको स्याउ सहजै लैजान्छन् ।’
चाडवर्पको समयमा मुस्ताङको स्याउ बजार नआउँदै हिमाञ्चलको स्याउले एकछत्र बजार पाउने गरेको भएपनि यो वर्ष जुम्लाको स्याउले हिमाञ्चलको स्याउ बिस्थापित गरेको उनले बताए । केसी मात्रै होईन् बागलुङ बजारका गोपाल कँडेल, सागर सुवेदी, सोहम अग्रहरी, रघुनाथ शर्मा, टिकाराम शर्मा, मनबहादुर क्षेत्री लगायतका व्यवसायीले यो वर्ष जुम्लाकै स्याउको कारोवार गरेका छन् । जुम्लाको स्याउको व्यापारले यतिबेला भारतीय र चाइनाको स्याउको व्यापार ठप्प प्रायः रहेको फलफुल व्यवसायी राजु भट्टराईले बताए । उनले यसअघि जुम्लाको स्याउले अहिले जस्तो महत्व नपाएको बताए ।
‘जुम्लाको स्याउको स्तरीकरण हुने हो भने अझै राम्रो बजार पाउँछ, ढुवानीको समस्या छ, समयमा बजार आउने हो भने मुल्य पनि राम्रो पाउँछ’ उनले भने । उनले भारतीय र चाईनिज स्याउभन्दा जुम्लाको स्याउ खानमा मिठो र राम्रो हुनुका साथै मुल्य पनि आधा सस्तो रहेकोले भारतीय र चाइनिज स्याउ मानिसहरुले किन्नै छोडेको बताए ।
मुस्ताङको स्याउ असोज १ गतेपछि मात्रै टिप्न पाउने नियम छ । असोजको दोस्रो साता दशैं तिहारजस्ता पर्वहरुको छेकोमा हिमाल पारीको स्याउ बजार आउने भएकाले त्यो समयसम्म स्थानीय स्याउको रुपमा जुम्लाको स्याउ बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->