बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आमा समुहद्वारा तीजको फजुल खर्च कटाएर विद्यालयमा अक्षयकोष

आमा समुहद्वारा तीजको फजुल खर्च कटाएर विद्यालयमा अक्षयकोष


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८१, बिहिबार

पोखरा/ नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने खर्च कटाएर पोखराको एक आमा समुहले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।

तिज पर्व होटल र पार्टी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरि मनाउने लक्ष्यसाथ पोखरा महानगरपालिका वडा नं. १७ स्थित ढुङ्गेसाँघु सितापाईला आमा समुहले स्थानीय जानकी माविमा ५१ हजार १ सय ५ रुपैयाको अध्यक्ष कोष स्थापना गरेको हो ।

विद्यालयमा बुधवार आयोजित एक कार्यक्रमका बिच उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । सामुहिक रुपमा दर खाने रकम संकलन गरि विद्यालयमा अक्षयकोष स्थापना गरेको समुहकी अध्यक्ष सिता काप्mलेले जानकारी दिइन । ‘समाजका विपन्न एवम् असहायको शिक्षाको अध्ययन थलो बनेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने विश्वास समुहले लिएको छ’ उनले भनिन्, ‘आवश्यकता अनुसार समुहले सहयोगलाई निरन्तरता दिने छ ।’

यस अघि विद्यालय सञ्चानार्थ वडा सदस्य शिवराम भण्डारीले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । सरकारी एक वर्षको सेवा सुविधा ३ लाख र २ लाख थप गरि विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको प्रधानाध्यापक अर्जुन कडेलले बताए । विद्यालय सञ्चानार्थ एक करोडको अक्षयकोष पु¥याउने लक्ष्यका साथ स्थापना भएको कोषमा हालसम्म विभिन्न संघसंस्था एवम् व्यक्तिबाट लगभग १५ लाख संकलन भएको उनको भनाई छ ।

कार्यक्रममा पोखरा १७ का वडासदस्य शिवराम भण्डारी, विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारी लगायतको सहभागिता रहेको थियो । विद्यालयका शिक्षक तुलसी गिरीका अनुसार सो विद्यालयमा हाल ३ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् । पछिल्लो समय निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा पठनपाठन गर्ने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->