मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सुजुकीको ‘सुजुकी पर्वोत्सव अफर’ योजना

सुजुकीको ‘सुजुकी पर्वोत्सव अफर’ योजना


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८१, बिहिबार

बागलुङ/नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सुजुकी मोटरले नयाँ योजना सार्वजनिक गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो ।
दशैं तिहारभरिका लागि आकर्षक ग्राहक योजनाअन्तर्गत ग्राहकले चार लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरु पाउने छन् ।
कम्पनीले नाडा अटो शो लक्षित गरी शो कार्यक्रम खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप दुई लाख रुपैयाँसम्मको छुट प्रदान गर्ने जनाएको छ । सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको जनाएको छ ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सो–रूमहरुमा पनि लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । नाडा अटो शोमा सुजुकीले चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको हो । नयाँ एपिक स्विफ्टसंगै नाडा अटो शोमा सुजुकीका नयाँ एसयुभीहरु जिम्नी, फ्रोन्क्स, ग्रान्ड भितारा र नयाँ ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->