बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

महिला क्लब पोखराको तिज विशेष कार्यक्रम

महिला क्लब पोखराको तिज विशेष कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८१, बिहिबार

पोखरा/
महिला क्लब पोखराको तिज विशेष कार्यक्रम एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्यले सबै महिला आवद्घ सामाजिक संघ संस्थाले सामुहिक रुपमै यस्ता किसिमका सांस्कृतिक कार्यक्रम मनाए सामाजिक एकताको संन्देश झल्कने बताए । साथै उनले उहाँले आगामी दिनमा यस्ता कार्यक्रम मासबार क्षेत्रमै सामुहिक रुपमा संचालन गर्न आग्रह गर्दै वडाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा मासबार आमा समुहका पूर्वअध्यक्ष टिकादेवी अधिकारी र महिला विकासका लागि आमा समुहका पिूर्वअध्यक्ष एवम स्वास्थ्य स्वयमसेविका मनमाया बराललाई सामाजिक कार्यमा पुर्याएको योगदान स्वरुव दोसल्ला, माला र सम्मान पत्रले सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व टिकादेवी अधिकारी र मनमाया बरालले आफ्नो सामाजिक कामको मुल्याङ्कन गरेर सम्मान गरेकोमा क्लबलाई धन्यवाद दिए ।
कार्यक्रममा पोखरा ७ का जनप्रतिनिधी बसुन्धरा लामिछाने र सुनिता सुनारले महिला दिदी बहिनीलाई तिजको शुभकामना दिए । तिज विशेष कार्यक्रममा सहभागी भइ उत्कृष्ट नृत्य प्रस्तुत गर्ने बिमला चापागाई, सिर्जना बराल,मनिष बराल,समिक्षा बराल र सिता बराललाई पुरष्कृत गरिएको थियो । त्यस्तै तिज गित तर्फ उत्कृष्ट प्रस्तुति दिने हिरा लामिछाने र उषा खनालको समुहलाई पनि पुरस्कृत गरियो । क्लबका अध्यक्ष मिना बराल आचार्यको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कमला खनाल र संचालन सचिव सृजना बरालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->