बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुशान्त आमा समूहको तीज गीत प्रतियोगिता सकियो

सुशान्त आमा समूहको तीज गीत प्रतियोगिता सकियो


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८१, बिहिबार

पोखरा / सुशान्त आमा समुहले नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका (तीज) को अवसरमा तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । भड्किलो तीजलाई निरुत्साहित गर्दै उदेश्य संगै संस्कृतिलाई जगेणा गर्न तीज गीत प्रतियोगिताको आयोजना गरिएको सुशान्त आमा समुहकी अध्यक्ष श्री पबित्र थापा रेग्मीले जानकारी दिइन् ।

कार्यक्रम भड्किलो रहित सामन्य दरको साथमा आ–आफ्नो कला समेत प्रस्तुत गरी तीज गीत प्रतियोगिता सम्पन्न भएको बताइन् । प्रतियोगिताको समुहगत तर्फ ११ समुह र एकल गायनतर्फ ७ जनाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समुहगत तर्फ अम्विका सुबेदि, पवित्र पौडेल उपाध्धाय, सरस्वती क्षेत्री र लक्ष्मी पराजुलीको टोली मेनरोड समुहले प्रथम स्थान हासिल ग¥यो । सगुन पौडेल, शिला सिग्देल, ख्यामकुमारी पौडेल र जमुना चापागाईको स्याङजाली मार्ग समुह दोस्रो तथा पारु देबकोटा, टिका पौडेल, धनकुमारी क्षेत्री र देवी पौडेलको माछापुच्छे्र मार्ग समुहले तेस्रो स्थान हासिल ग¥यो । उनीहरु सबैलाई उपहार प्रदान गरिएको थियो ।

एकल गायनतर्फ पवित्र पौडेल उपाध्धाय प्रथम भइन् । अम्बिका सुवेदी दोस्रो तथा पारु देवकोटाले तेस्रो स्थान हासिल गरिन् । कार्यक्रममा वडा अध्यक्ष राधिका कुमारी शाही, साबित्रा ढुङ्गाना , लोक गायक घनश्याम रिजाल र लोक गायिका सरस्वती लामिछाने, विभिन्न समुहका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->