पोखरा/ पोखरा गैह्रापाटन स्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताको बचत हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पोखरा–४ की ५६ वर्षीया दीपा कोइराला रहेकी छन ।
कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माका अनुसार सहकारीको संचालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको सम्बन्धमा गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र जाहेरी अनुसार सहकारी ठगी कसुरका प्रतिवादी उनलाई पक्राउ गरिएको हो । विहीबार पक्राउ उनलाई कास्की जिल्ला अदालतमा पेश गरेको छ ।





