मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

हरेलो मेलाको आयव्यय सार्वजनिक

हरेलो मेलाको आयव्यय सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८१, शुक्रबार

बागलुङ/भदौ पहिलो मंगलबार बलेवामा सञ्चालित ‘तेस्रो हरेलो मेला’को आयव्यय सार्वजनिक भएको छ । मेला सञ्चालन गरेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले बिहिबार पत्रकार सम्मेलन गरेर हिसाब सार्वजनिक गरेको हो ।
बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा रहेको प्रसिद्ध कालभैरवको प्रचारप्रसार र पर्यटन प्रबद्र्धन तथा मन्दिरको पुननिर्माण गर्ने लक्ष राखेर समितिले हरेलो पर्वको अवसरमा मेला आयोजना गरेको थियो । हजारौं आन्तरिक पर्यटक भैरवस्थान पु¥याउने, भैरवस्थानसम्म पूग्ने सडकलगायत अन्य विकासका पूर्वाधारमा सरोकारवालाको ध्यानाकर्षण हुनुलाई मेलाको उपलव्धीमा राखिएको छ ।
मेलामा ६ लाख ६२ हजार ३ सय १५ रुपैयाँ आम्दानी र ४ लाख १ हजार ९ सय ८० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको छ । मेलाबाट झण्डै २ लाख ६१ रुपैयाँ बचत भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए । ‘बागलुङ नगरपालिकाले मेलाका लागि भनेर दिएको बजेटले निर्माणका काम गर्नुपर्छ भनेको छ, बलेवाकै रामबहादुर केसीले ३० हजार रुपैयाँ भैरवको बहान निर्माणका लागि दिने घोषणा गर्नुभएको हो’ ढकालले भने, झट्ट हेर्दा मेला नाफामै छ तर आम्दानी र खर्चका शिर्षक नमिलेका कारण केही घाटा पनि हुनसक्छ ।’
मेलाका लागि नगरपालिकाले ३ लाख, ग्लोबल आईएमई बैंकले १ लाख तथा प्रभु बैंकले ५१ हजार रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै विभिन्न व्यक्ति तथा अन्य स्रोत जुटाईएको हो । मेलामा सबैभन्दा धेरै कलाकारको पारिश्रमिक र खाना खाजामा खर्च भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->