बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती

राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८१, शुक्रबार

पोखरा/पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ ।
राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो ।
विश्वशान्तिको कामनासहित हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसमेत राखिएको महाआरतीको शुभारम्भसँगै यसपछि प्रत्येक एकादशीमा यसलाई निरन्तरता दिइने योजना राखिएको छ ।
महाआरतीको शुुभारम्भ समारोहमा राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले शुुभ कार्यमा सबैको साथ र सहयोगका लागि आह्वान गरे ।
कार्यक्रमा राधाकृष्ण गुुरुकुल संस्कृत विद्यालयका प्रधानाध्यापक एवम् महाआरतीका संयोजक प्रकाश उपाध्याय रेग्मी, शिक्षक दामोदर गौतम, राधाकृष्ण मन्दिर शान्ति आश्रमका सचिव घनश्याम खनाल लगायतले बोलेका थिए ।
महाआरतीअन्तर्गत तीनवटा आरती गरिएको थियो । यहाँ हुने महाआरतीको सम्पूर्ण व्यवस्थापन जिम्मा लिन चाहनेले १२ हजार सहयोग रकम बुझाएर कर्ता बन्नसक्ने व्यवस्था मिलाइएको छ । महाआरती प्रत्येक एकादशीका दिन अपराह्नमा हुने जनाइएको छ । बिहिबारको महाआरतीमा मुख्य कर्ताका रुपमा राधा गुुरुआमा, गोपालदाशी ढकाल र मनोहरि भण्डारी रहेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->