बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोउवा संघको अध्यक्षमा अर्जुन र गोकर्ण भिड्दै

पोउवा संघको अध्यक्षमा अर्जुन र गोकर्ण भिड्दै

वरिष्ठ उपाध्यक्षसहित केही पदमा निर्विरोध


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८१, शनिबार

पोखरा/पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्कीबीच प्रतिस्पर्धा हुने निश्चित हुँदा अधिकांश मुख्य पदमा निर्विरोध हुने देखिएको छ ।
संघको यही भदौ २९ गते सम्पन्न हुने ३५ औं महाधिवेशनका निम्ति तय भएको निर्वाचन तालिकाअन्तर्गत शुक्रबार अध्यक्षका निम्ति हालका वरिष्ठ उपाध्यक्ष कार्की र अघिल्लो कार्यकाल अध्यक्षमा पराजीत अर्जुन पोखरेलले मनोननयपत्र लिएका हुन् । अर्जुन प्यालनसहित चुनावी मैदानमा आउँदैछन् ।
वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक–एकजनाले मात्र उम्मेदवारी परेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेश बास्तोला र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठको मात्र उम्मेदवारी परेको हो । बुद्धाचार्य हालका वाणिज्य उपाध्यक्ष, बास्तोला कोषाध्यक्ष, आचार्य महासचिव र श्रेष्ठ कार्यसमिति सदस्य हुन् । यी पदाधिकारीहरु अहिले अर्जुनको समूहबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
वाणिज्य उपाध्यक्षमा भने हालका महासचिव बलराम आचार्यलाई पूर्वकार्यसमिति सदस्य रामेश्वर अधिकारीले चुनौती दिएका छन भने उपमहासचिवमा हालका कार्यसमिति सदस्य बालकृष्ण कोइराला र सुदीप प्रधानाङ्गबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । कोइराला यसपटक अर्जुन समूहमा रहेका छन् । पदाधिकारी निर्विरोध हुँदा कर्पोरेटतर्फको २ जना कार्यसमिति सदस्य बन्दना कार्की केसी र रामप्रसाद कँडेलको मात्र उम्मेदवारी परेको छ । उनीहरु यसअघि पनि कर्पोरेटबाट कार्यसमिति सदस्य थिए ।
यस्तै एक औद्योगिक सदस्यमा पनि एकनारायण गौतमले मात्र मनोनयनपत्र लगेपछि उनी निर्विरोध हुने देखिएको छ । उता ४ जना बस्तुगत सदस्यको लागि भने ७ जना आकांक्षी छन् । बस्तुगतको लागि दुर्गा बराल, नविन नापित, पूर्णशोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे (सुरेश), दीपेन्द्र कोइराला, लालप्रसाद ढकालले मनोनयनपत्र लगेका हुन् । प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यहरुका लागि १४ जना मैदानमा आउने भएका छन् ।
कार्यसमिति सदस्यका निम्ति देवेन्द्र प्रजु, टीकाराम सुवेदी (माधव), ललितजंग कुँवर, भीम गौतम, प्रेमप्रसाद सुवेदी, सौगात थापा, यादवप्रसाद पोखरेल, जीवनप्रकाश श्रेष्ठ, दूधमान गुरुङ (आशिष), लेखनाथ सुवेदी, रामचन्द्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिन, विनोद केसी र प्रदीपराज राजभण्डारीले मनोनयन पत्र लगेका छन् ।
िनर्वाचन कार्यक्रम अनुसार आइतबार मनोनयनपत्र दाखिला गर्ने,सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने, सोमबार दाबी विरोध प्रस्तुत गर्ने र भदौ १८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन,सोही दिन उम्मेवारी फिर्ता लिने र साँझ ५ बजे अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->