बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एमाले गण्डकी सम्पर्कको तिज उत्सव कार्यक्रममा शाक्य र अर्यालसंगै नाँचे लालबाबु पण्डित पनि

एमाले गण्डकी सम्पर्कको तिज उत्सव कार्यक्रममा शाक्य र अर्यालसंगै नाँचे लालबाबु पण्डित पनि


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८१, शनिबार

काठमाडौं/ नेपालीहरुको पर्व तीजको अवसरमा नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क कमिटीले एमाले मुख्यालय च्यासलमा शनिवार तिज उत्सव कार्यक्रम आयोजना गर्यो । उत्सवमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव पद्मा अर्यालसँगै नेता लालबाबु पण्डित पनि छमछमी नाचे ।

तुल्सीलाल स्मृति हलमा आयोजना गरिएको तिज उत्सवमा एमालेका कार्यकर्तासँगै नेता तथा नेतृहरू नाचेका हुन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलि आउने कार्यक्रम तय भएको भएपनि उनी अहिलेसम्म कार्यक्रममा आईपुगेका छैनन् ।

कार्यक्रममा नाँचसंगै एमाले उपाध्यक्ष शाक्यले मन्तब्य राख्दै तीजलाई पतिको खुशीको लागि मात्रै नभएर परिवारको खुशीका लागि ब्रर्त वस्ने पर्वको रुपमा विकास गर्नुपर्ने वताउदै त्यसमा सहभागीता जनाउन महिला नेतृहरुलाई आग्रह गरिन् । उनले तीजलाई विशुद्ध महिलाहरुको पर्व बनाउदै यसको सांस्कृतिक पक्षलाई जोगाउनुपर्ने वताईन् ।

सचिव अर्यालले तीज महिलाहरुको नै पर्व भएको भन्दै यसलाई सुखदुःख साट्ने पर्वको रुपमा विकास गर्नुपर्ने वताईन् । गण्डकी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विनोद थापाले सञ्चालन गरेका छन भने उपाध्यक्ष पदम गिरीले स्वागत गरेका थिए ।

अहिले नेता, कार्यकर्ताहरु दर खाँदै सांस्कृतिक रमझममा छन् । हरितालिका (तीज) पर्व भाद्र शुक्ल तृतीयाका दिनमा देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।

व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->