बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘हाम्रा संस्कृति समाज र देशका सम्पत्ती हुन्’

‘हाम्रा संस्कृति समाज र देशका सम्पत्ती हुन्’


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८१, शनिबार

बागलुङ/हरितालिका तीजको मेसोमा क्षत्री महिला समाज र क्षत्री नगर समाजको आयोजना तथा क्षत्री समाज बागलुङको सहयोगमा आयोजित तीज विशेष कार्यक्रम शनिबारदेखि बागलुङ बजारको समिक्षालय रोडस्थित ऐतिहासिक पार्क परिसरमा शुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले हाम्रा मौलिक परम्परा बोकेका संस्कृति समाज र देशका सम्पत्ती भएकाले यिनीहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय संस्कृति बचाउने नाममा भएका बिकृतिलाई सबैले अन्त्य गरेर अगाडि बढ्न सकेत मात्र संस्कृतिको जगेर्ना हुने श्रेष्ठको भनाई थियो ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक ऋषीराम कँडेल, क्षत्री समाज बागलुङका संरक्षक बाबुराज कार्की, केन्द्रिय सदस्य खड्कबहादुर भण्डारी, जिल्ला अध्यक्ष रुद्रबहादुर महत, पर्वतका अध्यक्ष सरस्वती भण्डारी र नेपाल मगर संघ बागलुङका अध्यक्ष श्याम पुनले मन्तव्य दिने क्रममा तीज पर्वको महिमाबारे चर्चा गरेका थिए ।
उद्घाटन कार्यक्रम क्षत्री महिला समाजका अध्यक्ष भावना खड्काको अध्यक्षता, क्षत्री समाजका नगर अध्यक्ष एकबहादुर केसी ‘संगम’को स्वागत र पत्रकार सिर्जना पन्तको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा आयोजित तीज गीत प्रतियोगितामा विभिन्न संघसंस्था, क्लब, विद्यालय, वडा, समाज र सम्ुह गरी २२ टोलीको सहभागिता छ । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार, सान्त्वना हुनेलाई ५ हजार र उत्कृष्ट कलाकारलाई २ हजारको व्यवस्था गरिएको समाजले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु रितु थापा, कृष्ण अखेली, सीता परियार, सुमन खड्का, सरस्वती लामिछाने, भरत क्षेत्री, जिवन दाहाल, रेणु केसीको प्रस्तुती रहने समाजका जिल्ला अध्यक्ष रुद्रबहादुर महतले जानकारी दिए । दुई दिने तिजी कार्यक्रममा ४ लाख २ं९ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->