बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लुकाएर लुक्दैन, अहिलेको गठबन्धन बनाउने काममा क्याप्टेन थापाको ठूलो योगदान छ : देउवा

लुकाएर लुक्दैन, अहिलेको गठबन्धन बनाउने काममा क्याप्टेन थापाको ठूलो योगदान छ : देउवा


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८१, शनिबार

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन बनाउन व्यवसायी क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन्।

शनिबार क्याप्टेन थापाको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्ने क्रममा देउवाले उक्त विषय लुकाएर नलुक्ने पनि जिकिर गरे। गत असार १७ गते राति भएको सहमतितर्फ इंगित गर्दै देउवाले भने, ‘लुकाएर लुक्ने कुरा छैन, ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा अहिलेको गठबन्धन बनाउने काममा पनि उहाँको ठूलो यागदान छ।’

संविधान संशोधन गर्नेसहितको ७ बुँदे सहमतिमा सो दिन क्याप्टेन थापाकै घरको एउटा कोठामा हस्ताक्षर भएको थियो। उक्त विषय लुकाएर लुक्ने विषय नभएको देउवाको भनाइ छ।

‘त्यसकारण मेरो पार्टीको तर्फबाट उहाँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। मलाई विश्वास छ, उहाँले थाल्नुभएको यो कामलाई भोलिका दिनमा पनि अझै अगाडि लानुहुनेछ। म लामो समय लिन चाहन्नँ। प्रधानमन्त्रीजीले बोल्नै बाँकी छ,’ देउवाले भने।

करिब ५ मिनेटमात्रै पोडियममा सम्बोधन गरेका देउवाले अधिकांश समय क्याप्टेन थापाकै प्रशंसामा समय बिताए।

उनले आफू पटक पटक क्याप्टेन थापाको हेलिकप्टर सवार गरेको, पार्टी र आफूलाई सहयोग गरेको, राजनीतिमा ठूलो योगदान रहेको प्रसंग झिके।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले क्याप्टेन थापाको विषयमा जति भनेपनि नपुग्ने समेत सम्बोधनको क्रममा बताए।

‘उहाँले धेरै कुराहरूमा आफ्नो यात्रालाई सफल पानुभएको छ। उहाँले धेरै ठूलो यागदान पनि दिनुभएको छ। उहाँको विषयमा जति भनेपनि पुग्दैन,’ उनले भने।

यस्तो छ देउवाले क्याप्टेन थापाको प्रसंशामा गरेको भाषणः
रामेश्वर थापाजीलाई म धेरै पहिलादेखि चिन्दै आएको हुँ। उहाँको हेलिकप्टरमा म धेरै पटक घुमेको पनि छु। पार्टीको कार्यक्रममा पनि गएको छु। अरु कार्यक्रममा पनि गएको छु। उहाँ केपी शर्मा ओलीको पनि पार्टी लगायत सबैलाई सहयोग गर्ने व्यक्ति हो। त्यसैगरी मैले लिएको छु।

क्याप्टेन रामेश्वर थापाले हामीलाई धेरै मद्दत गर्नुभएको छ। उहाँ यस्तौ व्यक्ति हो, उहाँ सबैलाई सहयोग गर्ने व्यक्ति हो। साथसाथै, उहााँलाई हामीले हेर्यौँ पनि। उहाँले धेरै कुराहरूमा आफ्नो यात्रालाई सफल पानुभएको छ। उहाँले धेरै ठूलो यागदान पनि दिनुभएको छ। उहाँको विषयमा जति भनेपनि पुग्दैन।

अर्को कुरा, लुकाएर लुक्ने कुरा छैन, ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा अहिलेको गठबन्धन बनाउने काममा पनि उहाँको ठूलो यागदान छ। त्यसकारण मेरो पार्टीको तर्फबाट उहाँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। मलाई विश्वास छ, उहाँले थाल्नुभएको यो कामलाई भोलिका दिनमा पनि अझै अगाडि लानुहुनेछ। म लामो समय लिन चाहन्नँ। प्रधानमन्त्रीजीले बोल्नै बाँकी छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->