काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश र श्रीलंकाबाट आफूले नभई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै सिक्नुपर्ने बताएका छन्।
शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘हिजोतिर हो क्यार प्रचण्डजीले बंगलादेश र श्रीलंकाबाट सिक भनेर अर्ती दिनुभएछ,’ प्रधानमन्त्री ओलीले भने,‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउन ? मैले लुटपाट गरेको छु ?, खुट्टा कमाउन रु मैले त डराउनुपर्ने केही छैन।’
त्यसपछि अगाडि उनले बंगलादेश र श्रीलंकाबाट आफै सिक्न दाहाललाई सुझाव दिए। ‘श्रीलंका र बंगलादेशबाट सिक भनेर चर्को स्वरमा मलाई भन्दै हुनुहुन्छ। म भन्न चाहन्छु–राम्ररी सिक,’ प्रचण्डलाई सुझाव दिए।
यस्तै नेपालको आफ्नै इतिहास र परम्परा रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा बंगलादेश र श्रीलंकाको जस्तो नहुने दाबी गरे।
उनले भने, ‘बेथिति चलाउन सकिँदैन आजको समयमा चलाउन हुँदैन। बंगलादेशमा केही भयो भनेर नेपालमा केही हुन्छ र रु नेपाल कुनै देशको फोटोकपी मेसिन होइन। आफ्नो इतिहास र परम्परा छ।’
आफू ५ हजार फिट माथिबाट हेलिकप्टर दुर्घटना हुँदा पनि बाँचेको सुनाउँदै ओलीले आफूलाई कसैको डरभर समेत नभएको दाबी गरेका छन्।





